
धनगढी । दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन् ।
अाजकाे नागरिक दैनिकमा याे खबर छ – केही दिन यता उपभोग्य समाग्री दाल, चामल, खाने तेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको छ ।
सामानको मूल्य बढेसँगै भान्सा पनि महँगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन् ।
खाने तेल प्रतिपोका (आधा लिटर) ७५ रुपैयाँमा किन्दै आएकोमा अहिले बढेर ८० रुपैयाँ पुगेको उनले बताइन् । तेलमात्रै हैन, चामल पिठोदेखि तरकारीलगायतको मूल्यवृद्धि भएको उनले सुनाइन् ।