घरमा बिहान उठेर दाँत माझ्नुपर्छ भन्दै आफ्ना सन्तानलाई भन्दै गर्दा मलाई मिसले भन्नुभएको छैन भन्दै नमान्दाको पल मन खिन्न भए पनि कुनै पनि मानिसको दैनिक जीवन समेत अगाडि बढाउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेछ भन्ने सजिलै थाहा पाउन सकिन्छ । मानिस जन्मेर केही जान्ने भएदेखि उसले गुरुबाट मार्गदर्शन पाउँदै जान्छ । गुरु भन्नु पढ्नका लागि स्कुल पुगेपछि भेटिने मानिस मात्र होइन । जन्मिनासाथ हामीले गुरु पाएका हुन्छौं । हाम्रो जीवनको पहिलो गुरु भनेकै आफ्नी आमा हुन् । पहिलोपटक हामीले आफ्नी आमाबाट नै शिक्षा एवं मार्गनिर्देशन पाउने गर्दछौं र त्यही निर्देशन अनुरुप नै अगाडि बढ्दै जान्छौं । त्यसैले हाम्रो पहिलो गुरु अर्थात् शिक्षक भनेकै आमा नै हुन् ।
आज किन गुरुको चर्चा गरियो भन्ने प्रश्न पनि उठ्ला । हुन त हामीले गुरुपूर्णिमा पनि त मनाउँछौं नि गुरुको सम्झनामा त्यसले मात्र पक्कै पनि पुग्दैन । त्यसैले त आजको दिनमा पुनः गुरु अर्थात् शिक्षकको बारेमा चर्चा गरिँदैछ । आखिर किन सम्झनुप¥यो त शिक्षकलाई ? आफ्ना विद्यार्थीहरुको दैनिक जीवनमा सकारात्मक र सही दिशानिर्देश गर्ने गर्दछन् । शिक्षकले गरेको निर्देशनका कारण नै विद्यार्थीहरुमा विज्ञानका सिद्धान्तहरु कतै कला र साहित्यका रुपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ । यही कारणले हरेक वर्षको अक्टोबर महिनाको ५ तारिखमा ‘विश्व शिक्षक दिवस’ मनाइने गरिन्छ । शिक्षक दिवस सन् १९९४ बाट मनाउन शुरु गरिएको हो ।
आज अक्टोबर ५ अर्थात् शिक्षक दिवस । आजको दिन संसारभरी विभिन्न कार्यक्रमको आयोजना गरी गुणस्तरीय शिक्षा प्रदान गरेर विश्वभरका स्थानीय तथा अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउन मद्दत गर्ने शिक्षकहरुको सम्झना र सम्मान गरिन्छ । हामीलाई क देखि ज्ञ सम्म पढ्न र लेख्न सिकाउनुका साथै आफ्ना समाज अनि घर परिवारसँग पनि कस्तो व्यवहार गर्ने भन्ने बारेमा सिकेका हुन्छौं । योसँगै आफ्नो क्षेत्रमा के कस्तो गर्ने भनेर सिकाउने शिक्षकको योगदान र मेहनतको मूल्य कहिले तिरेर सकिएला र आजको दिनमा सम्झनु सिवाय । आज विश्व शिक्षक दिवसका दिन उहाँहरुलाई सम्झनु सिवाय । आजको दिन हाम्रा मार्गदर्शक शिक्षकहरुप्रति हार्दिक नमन ।
Previous Articleआजबाट रुप्से दैनिक १५औं वर्षमा
Next Article चाडपर्वमा प्रहरीको सुरक्षा सतर्कता उच्च