सान्दिप शर्मा
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यामिक विद्यालयका कक्षा १० मा पढ्ने २२ जना विद्यार्थीहरुलाई ३ दिन भित्रमा स–सम्मान विद्यालयमा पुनश्च सरिक गराउन माग सहित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु म्याग्दीले ३ दिनको अल्टिमेटम दिएको छ । वडा अध्यक्ष सहित विद्यालय प्रसाशन लगाएको मिलेमतोमा विद्यार्थीहरुको जायज मागको आन्दोलनलाई अराजकताको संज्ञा दिदै २२ जना विद्यार्थीलाई निस्काशन गरि शिक्षा जस्तो नैसर्गिग अधिकारबाट बन्चित गर्ने उदेश्यले गरिएको कु–कार्य प्रति अनेरास्ववियु म्याग्दीको गम्भिर ध्यानाकर्षण भएको अनेरास्ववियु म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले जनाए ।
विश्वकर्माले विद्यार्थिलाई शिक्षा जस्तो नैसर्गिक अधिकारबाट बन्चित गर्ने निर्णय मा संम्लग्न वडा अध्यक्ष, विब्यस र प्रध्यानद्यापक लगाएतलाई कडा कार्वाहि गरिनु पर्ने माग आफुहरुको रहेको बताए । उनले आजको मितीले तिन दिन भित्रमा विद्यार्थिलाई स–सम्मान विद्यालयमा उपस्थित गराएर पठपाठनलाई अगाडि नबढाए कावार्हिको माग समहित सडक समेत तताउने जानाकारी दिए । यदि कुनै राजनितिक दलको आडमा यस गल्तिलाई ढाक छोप गरिएमा यसको नतिजा राम्रो नहुने बताउँदै विद्यार्थीको राम्रो कामको पक्षमा अनेरास्ववियु रहेको बताए ।
विद्यालयमा लामो समय देखि विषय अनुसारको शिक्षक नहुँदा विज्ञान र कम्युटर विषयको पठनपाठन नभएको तत्काल विषय अनुसारको शिक्षकको ब्यवस्था गरी पठनपाठन गराउनु पर्ने भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । विद्यालय ब्यवस्थापन समिति सहित वडा अध्यक्षलाई मैखिक रुपमा पटक पटक निमित पठनपाठन गराउन माग गयौं तर सुनुवाई भएन र आफुहरुले वडा अध्यक्षलाई समेत माग गर्दा मागको कुनै सुनुवाही नभएकाले तालाबन्धी गर्नु परेको विद्यार्थीहरुले बताउँछन् ।
विद्यार्थीहरुले लगाएको तालाको विषयमा छलफल गर्नु पर्ने ठाउँमा वडा अध्यक्ष देउप्रसाद पुन समेतको उपस्थितीमा छलफल नै नगरी ताला फोरेर पठनपाठनको माग गरीएका विद्यार्थीहरुलाई १ महिनाको लागि विद्यालयबाट निस्कासन गर्ने निर्णय आईतबार विद्यालय ब्यवस्थापन समितिले गरेको थियो ।
एस.ई.ई परिक्षाको मुखमा विद्यालयमा राम्रो पठनपाठन गराउनुको सट्टा वडा अध्यक्ष स्वयम्को उपस्थितीमा, विद्यालय ब्यवस्थापन समितीले गलत निर्णय गरेको बताउँदै घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कठघारमा उभ्याउनु पर्ने माग आफ्नो रहेको अनेरास्ववियु म्याग्दीले जनाएकोे छ ।