लामो समय सम्म नेपालमा चलेको सशस्त्र युद्ध पछि शान्ति प्रकृयामा आएको तत्कालिन नेकपा माओवादी र नेकपा एमाले बीच पार्टी एकता भएर अहिले मुलुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । हालै संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट बोल्दै नेपाल शान्ति प्रकृयाका लागि विश्वमै उदाहरण भएको बताएका थिए नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले । उक्त सभामा बन्दुगबाट निस्कने गोलीलाई जनताको मतले पराजित गर्ने भन्दै ओलीले शान्ति प्रकृयामा विश्वमै नमुना नेपाल रहेको पटकपटक दोहो¥याएका थिए । अहिले पनि नेपालमा विभिन्न झण्डै एक सय जति समूहहरुले विभिन्न माग राखेर आन्दोलन गरेका र तिनीहरुलाई वार्तामा आउनका लागि सरकारले नै आग्रह गरेको थियो ।
विश्वमा कयौं पटक मानव इतिहासमा हिंसा र द्वन्द्वको कैयन घटनाक्रमहरुको सामना गरिएको छ । कुनै पनि प्रसंगमा मानव जित नै आवश्यक ठान्दछ र यसका लागि कुनै पनि हतकण्ड मच्चाउन बाँकी राख्दैन । आफ्नो व्यक्तिगत स्वार्थ होस या समुदाय अनि क्षेत्रको स्वार्थका लागि पनि धेरै युद्ध नै हुने गरेको पनि छ । विश्वमा धेरै प्रकारका युद्धहरुपनि भएका छन् । धेरै मानव संहार अनि युद्ध तथा हिंसाका बिच पनि विश्वले मानवका लागि मात्र नभै विश्वमा रहेका हरेक चिजका लागि शान्ति चाहेकै छ र अहिंसाका लागि सोचेको मात्र होइन व्यवहारमा ल्याउन पनि प्रयास गरेकै छ । तर ति कार्यमा कति सम्म सफल असफल के भयो भन्ने सबैले थाहा पाएकै कुरा हो ।
आज अक्टोबर २ तारिख अर्थात् विश्व अहिंसा दिवस । विश्वका सबै जसो मुलुकहरुले मनाउने अहिंसा दिवस ’विश्वमा कुनै पनि राजनैतिक या सामाजिक परिवर्तन या रुपान्तरणकालागि हिंसाको मार्ग अवलम्बन नगर्ने’ भन्ने सिद्धान्तमा आधारित छ । नेपालमा अहिले सम्म धेरै हिंसात्म तथा शान्तिपूर्ण आन्दोलनहरु भएका छन् । १०४ वर्षे राणा विरोधी आन्दोलन होस या प्रजातन्त्रका लागि गरिएको २०४६ सालको आन्दोलन । कृष्णप्रसाद अधिकारीको हत्याको विरोधमा अनसन बस्ने आमाबाबु हुन् या नेपाल एकिकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले गरेको युद्ध या त अंग्रेज विरुद्ध विर पूर्खाहरुले गरेको आन्दोलन सबैसबैबाट हाम्रो चाहना थियो अहिंसा । अब आज अहिंसा दिवस मनाउँदै गर्दा अब यो कामनागर्न आवश्यक छ कि आगामी दिनमा कहिल्यै पनि आन्दोलन गर्न र हतियार उठाउन नपरोश सबैमा शान्ति अनि अहिंसाको कामना ।
Previous Articleविद्यार्थी निस्कासन गर्ने लाई कार्वाहीको माग सहित अनेरास्ववियुको ३ दिन दिने अल्टीमेटम
Next Article किन चार प्रदेशले तोक्न सकिरहेका छैनन् राजधानी ?