टिपिकल गाउँले भाका अनि परिवेसलाइ समेटीएको मनछुने गित कहाँ होला काठमाडू बोलको गितको युट्युबबाट सार्वजनिक भएको छ । काठमाडौको खाल्डो मात्र नेपाल भन्ने मानसिकताबाट ग्रसित हाम्रो समाजका लागि काहाँ होला र कस्तो होला काठमाडौ बुझ्ने चाहना भएका दुरदराजका बासिन्दाको मनको कथा समेटीएको गित बजारमा आएको हो । दिपक शर्माको शब्द संगित अनि शान्ता अर्यालको स्वर रहेको गित सार्वजनिक भएको हो । सुन्दा सामान्य लागे पनि दमदार शब्द संयोजन रहेको गितमा गाउँमा तितेपाती चपाएरै ठीक पारेको बिमारले निको नभएका कारण काठमाडौको बिर अस्पतालमा पेटको बिमार जाँच्ने रहर गरेकी छन् शान्ताले ।
शान्ता अर्यालको एउटा सपना थियो त्यो अहिले आएर पूरा भएको छ । संगीतमा निकै चासो राख्ने शान्ताको बाल्यकालदेखिको एउटा सपना थियो आफ्नै आवाजमा गीत रेकर्ड गराउने । जुन कुरा उनको जन्म दिनमा आएर पूरा भएको छ । शान्ताले कस्तो होला काठमाण्डू बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गर्दै जन्मदिनमा आफ्नो आवाजको दम समेत देखाउन सफल भएकी छिन् ।
सार्वजनिक गीतबाट शान्ताले प्रेमीले धोका दिँदा आँफुले धेरै दुख पाएको र एकतर्फी माया प्रेम लगाएको कुरा गरेकी छिन् । कस्तो होला काठमाण्डू बोलको गीतमा चर्चित संगीतकार दिपक शर्माको शब्द संगीत समावेश रहेको छ ।
संगीतकार शर्मा पछिल्लो पुस्ताका चर्चित संगीतकार मध्येका एक हुन् । उनले चलचित्र छक्का पञ्जा ३ को पहिलो नम्बरमा, मंगलम फिल्मको पर्ख पर्ख मायालु लगायतका सफल गीतमा शब्द तथा संगीत दिएर चर्चाको शिखरमा छन् ।