रौतहट । गरुडा-९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप भएको छ । बुधबार बागमती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ ।
त्यस्तै प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्यास पनि हानेको छ । झडपमा केहि प्रहरी र स्थानीय समेत घाइते भएका छन् ।
गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ ।