पोखरा। पोखरा–२२ पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले बुधबार२७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।पौडेल पोखरामा ज्यालादारी काम गर्दै आइरहेका थिए।
पौडेले श्रीयाको छिमेकी हुन् । ‘सोमबार कोदीकै एउटा भट्टीमा कुसुमले साथीहरुसँग मिलेर रक्सी खाएछन्। बेलुकीतिर कुसुम रक्सी लिन पसल जाँदै गर्दा श्रीयालाई एक्लै देखेर नशाको सूरमा बलात्कार गरेको स्विकारेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पहिले पैसा दिएर बलात्कारको प्रयास गरेको तर नमानेपछि हत्या गरेको पौडेलले बयानका भनेका छन् ।