एजेन्सी – भारतको मुम्बईबाट जयपुर जाँदै गरेको जेट एयरवेजको एउटा विमानमा अचानक यात्रीहरूको नाक र कानबाट रगत बग्न थालेपछि विमानलाई आकस्मिक अवतरण गरिएको थियो ।
विमानभित्र समस्या निकै बढेपछि यात्रुहरूलाई अक्सिजन मास्क लागाउनु परेको बताइएको छ । यात्रुहरूको उपचार भइरहेको र उनीहरूको अवस्था बिस्तारै सामान्य हुँदै गैरहेको बताइएको छ । एजेन्सीका अनुसार विमान उचाईमा पुगेपछि चालकदलका सदस्यहरूले एयर प्रेसर कम गर्न बिर्सिएका थिए, जसले गर्दा विमानमा सवार यात्रीहरूमा यस्तो समस्या देखिएको थियो ।
नीजी क्षेत्रको विमान कम्पनी जेट एयरवेजको ९–डब्ल्यु–६९७ विमान १६६ यात्रु बोकेर राजधानी दिल्लीबाट स्थानीय समय अनुसार ५ः५३ मा उडेको थियो । भारतीय नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले उक्त विमानको चालकदलका सदस्यहरूलाई जिम्मेवारीमुक्त गराएका छन् ।
विमानसेवाले यस्तो गम्भीर मानवीय त्रुटी हुन गएकोमा माफी मागेको बताइएको छ । भारतीय वायुसेनाका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने ‘विमानहरूमा एयरप्रेसर नियन्त्रण स्वचालित हुने गर्दछ ।’ उनले भने, ‘यो म्यानुअली नियन्त्रण गर्न सकिंदैन । यसको अर्थ यो मानवीय त्रुटी नभएर विमानको प्राविधिक समस्या हुनुपर्दछ ।’
उनी भन्छन्, ‘विमानहरू १० देखि ११ किलोमिटर माथि उड्ने गर्दछन् । यो उचाईमा हावाको छाप निकै कम हुने गर्दछ जसलाई विआंभित्र कृत्रिम रूपले नियन्त्रित गर्ने गरिन्छ । यदी हावाको चापलाई नियन्त्रण नगरिने हो भने शरीरभित्रको हावाको छाप वातावरणमा भन्दा कम हुने भएकाले नशाहरू फुट्ने र रक्तस्राव हुने गर्दछ ।’
विमानले उचाई लिन थालेपछि यात्रुहरूमा यस्तो समस्या देखिएपछि उडानको ४५ मिनेटपछि विमानलाई मुम्बई एयरपोर्टमा नै आपतकालीन अवतरण गराइएको थियो ।
उक्त विमानका एक जना यात्रुले ट्विटरमा सेयर गरेको भिडियोः
Panic situation due to technical fault in @jetairways 9W 0697 going from Mumbai to Jaipur. Flt return back to Mumbai after 45 mts. All passengers are safe including me. pic.twitter.com/lnOaFbcaps
— Darshak Hathi (@DarshakHathi) September 20, 2018