ओमनमा अरबी गायकले पहिलोपटक नेपाली गीत गाएका छन् । गायक हैतम मोहम्मद रफीले स्वर सम्राट नारायण गोपालको एउटा मान्छेको मायाले कति बोलको गीत गाएका हुन् ।
ओमानमा रहेको नेपाली दूतावासले संविधान दिवसको अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा हैथाम रफीले नेपाली गीत गाएर नेपाल र ओमनबिचको भावनात्मक सम्बन्ध थप उचाइमा पुर्याउन चाहेको बताएका छन् । रफीले गीत संगीतको भाषा र धर्म नहुने भन्दै स्वर सम्राट नारायण गोपालको गीत आफूलाई धेरै मनपर्ने बताए ।
भारतको गायन रियालिटी शो ‘दिल हे हिन्दूस्तानी’ का विजेता समेत रहेका रफीले ओमनमा नेपालीको उपस्थितीले दुई देशिय सम्बन्ध थप बलियो भएको बताए । नेपालमा संविधान जारी भएको तेस्रो वर्ष पुगेको अवसरमा नेपाली दूतावास ओमानले मस्कटमा कार्यक्रम गरेको थियो ।
ओमनका सूचना मन्त्री हामिद बिन मोहम्मद अल रशिदको प्रमुख आतिथ्यता तथा ओमान सरकारका बिभिन्न २० निकायका प्रतिनिधिको उपस्थिती रहेको थियो ।