संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।
मन्त्री अधिकारीले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा प्रभावित क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकार सचेत रहेको पनि स्पष्ट पारे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो विमानस्थल निर्माणमा लागि कटान गरिएका रुख वन मन्त्रालयमार्फत् व्यवस्थापन गर्न लागिएको पनि जानकारी दिए।
निजगढ अन्तराष्ट्रिय विमानस्थलले नेपालको अर्थतन्त्रमा कायापलट गर्ने भएकाले सो आयोजना पूरा गर्न सबैले साथ दिनुपर्ने मन्त्री अधिकारीको तर्क छ ।मन्त्री अधिकारीले एक वर्ष भित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने पनि दोहो¥याए ।
उनले ३ वर्ष भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने उल्लेख गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतिको कामलाई पनि सरकारले तीव्रता दिएको पनि स्मरण गराए ।