मस्कट,ओमन सोमबार विहान ओमनको दक्षिणी क्षेत्र हिमामा सडक दुर्घटनामा परि एक नेपाली युवा डाक्टरको मृत्यु भएको छ । तनहुँ जिल्ला चिसापानी -७ निवासी डा: बिष्णु बाबु तिवारीको कम्पनीको गाडि दुर्घटनामा परि घटना स्थलमै मृत्यु भएको हो ।
यधपी दुर्घटना के कसरी भयो भन्ने वारे बृस्तित जानकारी भने अहिलेसम्म नआएको सोहि ठाउँमा काम गर्ने साथी ललितपुरका डा:हरि प्रसाद दाहाले बताएका छन् । मृतक तिवारी रोयल कोर्ट सुल्टानेट अफ ओमनको प्रत्यक्ष नियन्त्रणमा रहेको ओमनको ठुलो संरक्षण राष्ट्रिय निकुञ्ज अलवास्ता बन्यजन्तु आरक्षमा भेटनरि डाक्टरको रूपमा कार्यरत थिए। नेपालमा रहंदा विभिन्न रास्ट्रिय तथा अन्तरास्ट्रिय संघ-संस्थाहरुमा भेटनरी प्रोफेसनको रुपमा काम गरेका उनी नेपाल तथा ओमनमा अब्बल डाक्टर भनेर चिनिन्थे ।
उनी २०१४ देखि ओमनमा कार्यरत थिए । डाक्टर तिवारीका श्रीमति र एक ४ वर्षीय छोरी छन् । सधै साथमा ओमनमा बस्दै आएका उनका श्रीमति र छोरी यतिबेला भने केही समयको लागि नेपाल गएका थिए । अत्यन्तै मिलनसार सहयोगी स्वाभाव भएका डाक्टर तिवारीको यो असमायिक निधन प्रती ओमनबासि नेपाली,संघ,संस्था तथा संगठनहरुले दुख व्यक्त गरेका छन् ।
प्रवासखबर बाट