- इरुप्से ड्टकम पुर्ण विश्वकर्मा / ओमन प्रवासी नेपाली मञ्च ओमनका महासचिव रेशम शाहीलाई शुक्रबार रुसेल गार्डन्मा सम्मान तथा बिदाई गरेको छ । कार्यक्रको अध्यक्षता सोम कृष्ण श्रेष्ठ अध्यक्षता उपाध्यक्ष विष्णु चौलागाईंको सन्चालनमा सम्पन्न भयो । बिदाई कार्यक्रमको प्रमुख अतिथि जनप्रगतिशिल मञ्चका अध्यक्ष उमेश विश्वकर्मा , अतिथि पदम प्रसाद अर्याल , चक्रमान तामाङ,लिला कोइराला, मन विश्वकर्मा, हेमा न्यौपाने,गणेश चोखाल,शिव गैरे, विष्णु अर्याल, सर्वस पाल, रन्जित आचार्य ,महेश प्रसाद न्यौपाने,राम भक्त सडौला, सन्तोष कटुवाल,गणेश बहादुर शाही, चिरञ्जीवी भण्डारी , टेक बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।
बिदाइ कार्यक्रममा उहाले यहाँ प्रवासमा बसुन्जेल गर्नु भएको योगदानको कदर,मुल्यांकन गर्दै सङ्गठन को तर्फबाट कदर पत्र र सम्मान पत्र हस्तान्तरण गर्दै खादा ओढाएर सम्मान गरिएको थियो । उहाको बिचार योगदानको उच्च मुल्यांकनले उहामा अझै स्वदेश गैसकेपछी पनि जिवनोपरान्त सधै सर्वाहाराबर्गिय राजानितिमा अग्रसर रहिरहने कुरा स्वयम् आफुले समेत र कार्यक्रमको समापनमा बोल्नुहुने अध्यक्ष कमरेड सोम कृष्ण श्रेष्ठ पनि उहाको ओमन बसाईको मुल्यवान समय,योगदान,सहकार्य सधै हामी बिच ईतिहास बनिरहने र सम्झिरहने छौं भन्दै उहाँको आवस्यकता मञ्चलाई खड्किरहने बताउनु भयो ।
नेपाल गएर पनि पार्टी ,सङ्गठनमा आवद्ध भएर त्यो खडिकिएको आभासला पुरा गर्नुहुनेमा आफू र सिङ्गो मञ्च र अहिलेको एकीकृत पार्टी पनि बिस्वस्त रहेको धारणा राख्दै बिदाइको लागि शुभयात्राको सन्देश ब्यक्त गर्नुभएको थियो। उपस्थित सबैले शुभयात्राको सन्देश दिदै अंकमाल र बिदाइका हातहरु मिलाउदै शुभयात्राको सन्देश दिनुभएको थियो ।