नयाँ मुलुकी ऐनमा बिरामीको उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई कारवाही गर्ने प्रावधान राखिएकोमा लापर्वाहीगर्नेलाई कारवाही गर्न हुन्न भन्दै आन्दोलनमा उत्रिएका चिकित्सकले उपचार नगर्दा सयौं बिरामी विना उपचार फर्कन बाध्य भएका छन् । ऐनमा बिरामीको उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्मको जरिवाना गरिने व्यवस्था गरिएपछि विरोध गर्दै आएका चिकित्सकहरुले उपचार नगर्दा बेनी अस्पतालमा आएका बिरामीहरु निरास भएर फर्कीका छन् ।
बेनी नगरपालिका–५ चिप्लेटीका लक्ष्मण केसी ४ दिन अगाडी उपचारका लागि बेनी अस्पतालमा पुगेका थिए । उनलाई चार दिनका लागि औषधि दिइएको थियो तर उनको समस्या ठिक भएन आइतबार थप उपचारका लागि अस्पताल पुगेका उनलाई डाक्टरले आफूहरुको आन्दोलन भएकाले उपचार नगर्ने पछि आउनु भन्दै फर्काए । उपचार गरेर निको हुने आसमा अस्पताल पुगेका के.सी. डाक्टरले पछि आउनु भन्दै फर्काएपछि आफ्नो रोगको समस्या त्यस माथि डाक्टरले देखाएको व्यवहारले निकै निरास देखिन्थे ।
नयाँ मुलुकी ऐनमा भएको व्यवस्था भएको बिरामीको उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्मको जरिवाना भन्ने प्रावधानलाई कुनै हालतमा परिवर्तन गर्न पर्छ भन्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले कुनै हालतमा विरामीको उपचार नगर्ने
७ वर्षिय सुसान भण्डारीलाई उच्च ज्वरो आएका कारण उपचारका लागि ल्याएर आएकी पात्लेखेतकी रिता भण्डारी छोरालाई ज्वरोले रन्किएको भन्दा बढी उनको मुहार रन्कीएको थियो । पहिला उपचार गराएर फर्किएकी रिताले भनिन् ‘ज्वरो निकै छ तर डाक्टरले पहिला दिएको औषधिले बिसको उन्नाईस भएन अहिले हेर्नै मान्नु भएन ।’ आइतबार रिता जस्तै विरामी लिएर आएका कयौं मानिस अस्पतालबाट उपचार बिनै फर्कीन बाध्य छन् । उनले आफ्नो बच्चालाई बाहिर क्लिनिकमा चेक गराएर फर्किएकी छिन् ।
जलजला–७ कि १६ वर्षिय पुजा परियारलाई आफन्तले लिएर आएका थिए । गरिब दलित परिवारका लागि सरकारी अस्पताल नै उत्तम बिकल्प हो शुलभ उपचारका लागि । तर उनले ५ घण्टा सम्म कुरेर इमरजेन्सीमा स्वास्थ्य परीक्षण गर्नु प¥यो त्यो पनि निकै पिडा र रुखो बचनको सामना गर्दै । पुजालाई लिएर आएकी देवी परियारले भनिन् ‘बिहान ९ बजे आएका थियौं, उपचार पनि समयमा गरेनन् डाक्टरले सर्खारले त्यसै दिने भन्ने ओखती पनि दिएनन ।’ उनको पिडा अनुहारमा झल्कीए पनि त्यो कुरा मानव स्वाथ्यको जिम्मेवारी सम्हालेका चिकित्सकहरुबाट भएको व्यवहारले निकै दर्द पु¥याएको थियो ।
रघुगंगा –३ पिप्लेका २१ महिनाका बालक लिएर आएका कुमार र अविता सुवेदी बिहान ९ बजे अस्पताल आइपुगेको भएपनि ११ बजे सम्म ओपीडीमा टिकटका लागि लाइन बसे तर कसैले जानकारी दिएनन ओपीडी बन्द छ भनेर । त्यस पछि इमर्जेन्सीमा लाइन बसेका उनीहरुलाई १ बजे ल्याबमा पठाए तर त्यहाँ पनि त्यस्तै लाम ।
बेनी अस्पतालका कार्यावाहक प्रमुख भुषणकुमार सुवेदीले देशव्यापी आन्दोलन भएको कारणले ओपीडी बन्द गरे पनि इमर्जेन्सीबाट सुविधा दिएको बताए । उने सुविधा दिएको भनिरहे पनि अधिकांस विरामीहरु बाहिर क्लिनकहरुमा उपचार गराएर फर्कीएका थिए । गरिब परीवार भने उपचारका लागि निकै बेर लाइनमा बसे पनि बिना उपचार घर फर्कीएका थिए ।
चिकित्सक संघले सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, मंगलबार आकस्मिकबाहेकका बिरामी भर्ना नगर्ने, बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने, बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द तथा शुक्रबारदेखि आकस्मिक बाहेकका ओपीडीलगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।
Previous Articleकटुवाल सहयोग संजाल नेपाल द्वारा रुद्राक्ष बृक्षारोपण सम्पन्न
Next Article रुप्से दैनिक ! भाद्र १८, २०७५