मंगला गाउँपालिकाको बाबियाचाैरमा एक दिने शेयर बजार तालिम हुने भएको छ ।
नेपाल पुँजी बजार संघका उपाध्यक्ष राजु पौडेल को पहलमा मंगला गाउँपालिका वडा न.२, बाबियाचौरमा एक दिने शेयर बजार सम्बन्धी तालीममा शेयर सम्बन्धी जानकारी दिनुका साथै शेयर बजारमा कसरी लगानी गर्ने भन्ने वारेमा सिकाइनेछ ।
मंगला युवा क्लब को आयोजना मा यही असोज ६ गते शनिबार को दिन सञ्चालन गरिने कार्यक्रममा शेयर बजारमा नया लगानीकर्ता हरुको आकर्षण ह्वात्तै बढेको महसुस गरेर उक्त कार्यक्रमको आयोजना गर्न लागिएको मंगला युवा क्लब को अध्यक्ष बिकाश के.सी. ले बताए । अहिले शेयर बजार मा लगानी केही निश्चित बर्ग को मात्र रहेको ले यस तालिम पश्चात गाउँ-गाउँ सम्म शेयर बजार बारे शिक्षा पुग्ने के.सी. को बिस्वास छ ।
साथै यस कार्यक्रम मा बेनी नगरपालिका,मंगला गाउँपालिका,मालिका गाउँपालिका र धौलागरी गाउँपालिका बाट पनि सहभागी गराउन खोजिएको छ ।
स्थानीय युवा चिरंजीवी शर्माका अनुसार जिल्ला मै पहिलो पटक हुन लागेको शेयरबजार सम्बन्धी तालिमले शेयरमा चासाे राख्नेकालागि निकै फाइदा हुने बताए ।