इरुप्से ड्टकम
पुर्ण विश्वकर्मा / ओमन नेपाली जनप्रगतिशिल मञ्च ओमनका वरिष्ठ उपाध्यक्ष तथा तत्कालिन नेकपा माओवादी केन्द्रका ओमन शाखा समितिका सदस्य कमरेड कमला तामाङलाई सम्मान बिदाई गरेको छ । कार्यक्रको अध्यक्षता उमेश बिकको अध्यक्षता र केन्द्रिय सचिव पुर्ण बहादुर बिक (पहाडी)को सन्चालनमा सम्पन्न भयो ।
बिदाई कार्यक्रमको प्रमुख अतिथि प्रवासी मञ्चका अध्यक्ष सोम कृष्ण श्रेष्ठ, अतिथि नेपाली एकता समाज ओमनका अध्यक्ष छवीलाल बस्नेत, अतिथि पदम प्रसाद अर्याल ,वरिष्ठ उपाध्यक्ष चक्रमान तामाङ,महासचिव राम सिङ्ग तामाङ,विक्रम तामाङ्ग,जनकलाल महत्त्व,गणेश चोखाल, गणेश, गणेेेश प्रसाद पाण्डे , शिव गैरे, रिना माया तामाङ,विष्णु अर्याल,रेशम शाही, सर्वस पाल, मनिसा राई,सबिता तामाङ,सीता राम सुनार,ओम माया,संजिव घिर्सिङ्ग लगायतको उपस्थिति रहेको थियो । उपाध्यक्ष कमला तामाङ निडरता,स्वच्छ बिचार,लगनशिलता,अनुशाशित र अरुलाई सद्भाव र स्नेह गर्ने स्वभाव र मुख्यत उहाँकै राजनैतिक धरातलले गर्दा यो सबैथोक को समायोजन भएको कुरा ब्यक्त गर्नु भएको थियो।
अन्तमा बिदाइ कार्यक्रममा उहाले यहाँ प्रवासमा बसुन्जेल गर्नु भएको योगदानको कदर,मुल्यांकन गर्दै सङ्गठन को तर्फबाट कदर पत्र र सम्मान पत्र हस्तान्तरण गर्दै खादा ओढाएर सम्मान गरिएको थियो । उहाको बिचार योगदानको उच्च मुल्यांकनले उहामा अझै स्वदेश गैसकेपछी पनि जिवनोपरान्त सधै सर्वाहाराबर्गिय राजानितिमा अग्रसर रहिरहने कुरा स्वयम् आफुले समेत र कार्यक्रमको समापनमा बोल्नुहुने अध्यक्ष कमरेड उमेश बिकले पनि उहाको ओमन बसाईको मुल्यवान समय,योगदान,सहकार्य सधै हामी बिच ईतिहास बनिरहने र सम्झिरहने छौं भन्दै उहाँको आवस्यकता मञ्च र पार्टी दुबैलाई खड्किरहने छ ।
यसको पुरताल कमरेडले नेपाल गएर पनि पार्टी ,सङ्गठनमा आवद्ध भएर त्यो खडिकिएको आभासला पुरागर्नुहुनेमा आफू र सिङ्गो मञ्च र अहिलेको एकीकृत पार्टी पनि बिस्वस्त रहेको धारणा राख्दै बिदाइको लागि शुभयात्राको सन्देश ब्यक्त गर्नुभएको थियो। उपस्थित सबैले शुभयात्राको सन्देश दिदै अंकमाल र बिदाइका हातहरु मिलाउदै शुभयात्राको सन्देश दिनुभएको थियो । अन्तमा उहाले यो तपाईहरुको सद्भाव माया कदर सम्मानलाइ सदैब आत्मसाथ गर्दै अधि बढ्ने कुरा बिस्वस्त पार्दै भावुकताले सबैलाई स्तब्ध बनाउनु भएको थियो।