म्याग्दीको सहकारी इतिहासमा सम्भवतः जिल्लाकै पहिलो सहकारीका रुपमा २०५७ वैशाख १ गते स्थापित धौलागिरि वचत तथा ऋण सहकारी संस्थाले जिल्लाभर नै आफ्नो कार्यक्षेत्र बनाउँदै कार्य गरिरहेको छ । यस संस्थाले शैक्षिक, सामाजिक, धार्मिक आदि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याइरहेको छ । विगत १० वर्षदेखि लगातार अध्यक्ष पदमा रही कार्य गर्दै आउनु भएका लिलाबहादुर बानियाँसँग संस्थाका गतिविधि, यसको आगामी लक्ष्य लगायतका विषयवस्तुहरुमा रुप्से दैनिकका लागि अमृत बास्कुनेले गरेको कुराकानी ः
– यहाँलाई स्वागत छ ।
धन्यवाद ।
-हजुरको छोटो परिचय …
म लीलाबहादुर बानियाँ, अध्यक्ष न्यू धौलागिरि वचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेनी ।
-यस संस्थाको सुरुको र अहिलेको के छ अवस्था ?
हाम्रो संस्था २०५६ साल चैत्र ७ गते हामीले सहकारी डिभिजन कार्यालय बागलुङबाट सम्पूर्ण म्याग्दी जिल्लाको लागि भनेर स्वीकृति लिई २०५७ साल वैशाख १ गते नयाँ वर्षको उपलक्ष्यमा हाम्रो अफिस तत्कालीन अर्थुङ्गे गाविस वडा नंं. १ (हाल बेनी नगरपालिका वडा नं. ८), न्यूरोडमा विधिवत् रुपमा स्थापना ग¥यौं र निरन्तर अहिलेसम्म १८ वर्ष पार गरी १९ औं वर्षमा चलिरहेका छौं ।
-यो सहकारी म्याग्दीको पहिलो सहकारी हो ?
मलाई लाग्छ, यो भन्दा पहिला सरकार अन्तर्गतकै कुनै निकायले सहकारी खोल्थ्यो क्यारे । अहिले जति पनि सहकारी खुलेका छन्, सम्भवतः म्याग्दी जिल्लाकै यो जेठो सहकारी हो जस्तो लाग्छ मलाई ।
-हाम्रो सहकारीमा अहिलेसम्म शेयर सदस्यहरु कति छन् र चुक्ता पूँजी कति छ ?
वि.सं. २०५७ मा पोखराबाट संस्था स्थापना गर्दैगर्दा हामीले २५ जना सदस्य संख्याबाट २५÷२५ हजार रुपैयाँ गरी जम्मा ६ लाख २५ हजारबाट सुरु गरेका हौं । अहिले आएर हाम्रो चुक्ता पूँजी ४ करोड ७३ लाख ८० हजार एक सय रुपैयाँ चुक्ता पूँजी भएको छ । यो १८ वर्षको दौरानमा हामीसँग कारोबार कुल १ हजार १ सय ३६ जनाले कारोबार गर्नुभएको छ ।
-हाम्रो सहकारीको कार्यक्षेत्र म्याग्दी जिल्ला भन्नुभयो, अब कार्यक्षेत्र थप्ने योजनाको बारेमा के छ त ?
सायद अब राज्यले हामीलाई त्यो अवसर दियो भने त छिमेकी जिल्लाहरु पर्वत तथा बागलुङमा पनि हामी जान इच्छुक छौं र जान पनि सक्छौं । अहिले हामीले बेनीबजारबाटै जिल्लाभरिका शेयर सदस्य साथीहरुलाई यहीँबाट सेवा दिँदै कारोवार गरिरहेका छौं । अब सरकारको नयाँ संरचना अनुसार हाम्रो जिल्लामा एउटा नगरपालिका र ५ वटा गाउँपालिका भएको अवस्थामा हामीले सम्बन्धित निकायसँग समन्वय गरेर सम्बन्धित निकायमा हामीले छलफल गरेर हामीले नगरपालिका बाहिर अन्य गाउँपालिकाहरुमा पनि जाने हामीले सोच बनाएका छौं । किनभने यो जिल्लामा रहेका तत्कालीन सबै ४१ वटै गाविसहरुमा हाम्रो कारोवार हुँदै आएको र अब अहिलेको वर्तमान सरकारले स्थानीय तहका सम्पूर्ण क्षेत्रलाई अधिकार विकेन्द्रित गर्दै लगेकाले र हाम्रो संस्थाका पनि म्याग्दी जिल्लाभर शेयर सदस्यहरु रहेका कारणले ती क्षेत्रहरुमा पनि हामीले सेवा केन्द्रका रुपमा जाने सोचमा छौं । यो विषयमा हामीले सम्बन्धित सहकारी डिभिजन कार्यालय पहिले बागलुङ थियो, हालको नीति अनुसार प्रदेश राजधानी पोखरामा गएको हुनुपर्छ, हाम्रा सञ्चालक साथीहरु पोखरा गएर यी यी कुराहरु राखेर २०७५ भित्रमै म्याग्दीका सम्पूर्ण नगरपालिका गाउँपालिकामा सेवा दिनलाई जाने हाम्रो लक्ष्य छ ।
–अहिले संघीय संरचनामा गइरहेको बेलामा सहकारी संस्थालाई प्रमोट गर्नका लागि स्थानीय सरकारले के गर्नु पर्ला ?
नेपाल गाउँ नै गाउँले भरिएको मुलुक हो । राज्यको प्रत्येक निकाय विकेन्द्रिकृत हुँदै गाउँमा पुगेको अवस्थामा गाउँका विपन्न वर्गलाई माथि उठाउने कुरामा यस्ता सहकारीहरुले देशभरि नै अहम् भूमिका निर्वाह गरेको मैले महसुस गरेको छु । यो जिल्लाको हकमा पनि यसरी नगरपालिका एरियामै सामान्य जनतालाई चेतनाको स्तर वृद्धि गर्ने र स्थानीय रुपमा सामान्य जीवनस्तर भएका नागरिकहरुको जीवनस्तर उकास्नका लागि या भनौं अगाडि ल्याउनका लागि सामान्य दुई चार लाख पूँजी लगानी हामीले गरेर त्यसको व्यवस्थापन, अनुगमन र सुपरीवेक्षण तथा त्यसको सुरक्षण, आवश्यक जनचेतनाका साथसाथै हामीले लगानी गरेको पूँजीको सुरक्षित रहने वातावरण मिलाउने हो भने हाम्रो जिल्लामा पनि प्रशस्त आयआर्जनका कार्यक्रमहरु गर्न सकिन्छ । जस्तै ः अहिले लोप भइरहेको छ – स्थानीय भूजा । त्यो भुजाको उत्पादन हुने एरिया यो बेनी नगरपालिकाको १ र २ नम्बर वडा हो । अहिले त्यो एकदमै लोप हुने अवस्थामा छ । यस्तो अवस्थामा बेनी नगरपालिकाले त्यहाँका तल्लो तहका स्थानीय समुदायलाई जागरुक गराएर, त्यहाँ भएका सहकारीहरुलाई कोअर्डिनेट गरिदिएर नभए हामीसँग आएर सम्पर्क गराइदिएर सहयोग गर्नुभयो भने त्यसरी लोन प्रभाव गर्दा पनि न्यून आयस्तर भएका जनताहरुको जीवनस्तर उकासिन्थ्यो । त्यसको बजार व्यवस्थापन पनि यसै वचत तथा ऋण सहकारी संस्था मार्फत् ग¥यौं भने धेरै राम्रो हुने देखिन्छ । जिल्लाका कतिपय स्थानमा औषधीजन्य जडिबुटीको भविष्य छ, कतिपय स्थानमा दुध, मासुजन्य पदार्थहरुको स्रोत छ । स्थानीय समुदायले पनि यो स्रोतलाई स्थानीय तहका जनताको जीवनस्तरलाई माथि उकास्नका लागि ती सहकारी मार्फत् लगानीको वातावरण तयार गरिदिएर, सुरक्षाको वातावरण मिलाइदियो भने चाहिँ सहकारी मार्फत् जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने मेरो बुझाई छ ।
अध्यक्ष बानियाँ सँगको कुराकानीको पूर्ण भिडियो रुप
-हाम्रो यो न्यू धौलागिरि वचत तथा ऋण सहकारी संस्थाले अहिलेसम्म गरेको सामाजिक कार्यहरु के के छन् र आगामी योजनाहरु के के छन् सामाजिक कार्यलाई थप अगाडि बढाउनलाई ?
तपाइँले सही प्रश्न गर्नुभयो । हामीले स्थापनागरेपछि र हामीलाई यो संस्थामा आबद्ध जिल्लाभरिका शेयर सदस्य महानुभावहरुले असाध्यै नजिकबाट माया गर्नुभएको पहिला नै हाम्रो चुक्ता पूँजीबाट अवगत गराइसकें । र अहिले हामीले करिब करिब शेयर सदस्यहरु र हामी बीचको कारोवारमा अहिले हामीले ३५/३६ करोडको कारोवार गर्न सफल भएका छौं र भविष्यमा ५० करोडको कारोवार पु¥याउने मेरो टिमले लक्ष्य लिएको छ । म अध्यक्ष भएको पनि १० वर्ष पुगेर अहिले ११ औं वर्षमा प्रवेश गरेको छ । यो ११ वर्षको दौरानमा संस्थाले धेरै साथीभन्दा धेरै कारोवार अगाडि बढाउन सकेको छ । त्यहाँबाट हामीले जति आयआर्जन गर्छौं, त्यहाँबाट आयआर्जन गरेको पनि हामीले विभिन्न क्षेत्रमा लगानी गर्नुपर्छ या भनौं सेवा गर्नुपर्छ भन्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा विगत ८/१० वर्षदेखि यता पहिले हामीले म्याग्दी बहुमुखी क्याम्पसमा सरकारी माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका २ जना दलित महिलालाई केही वर्ष छात्रवृत्ति दिएर हामीले त्यहाँ पढाएको अवस्था हो । अहिले चाहिँ हामीले विगत ४/५ वर्षयता जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययन गर्ने जेहन्दार विद्यार्थीहरु, त्यहाँकै सञ्चालक समितिको छनोटमा छात्रवृत्ति दिएको अवस्था छ । स्थानीय रुपमा हामीले बेनी सामुदायिक मावि र प्रकाश माविको विज्ञान संकायका विद्यार्थी एक जनालाई हामीले विगत २/३ वर्षदेखि पढाइरहेका छौं । र हाल पनि म्याग्दी बहुमुखी क्याम्पसमा एक जना बेनी नगरपालिका ९, नेप्टेचौर निवासी घतान निवासी गोपाल खत्री, सम्भवतः उहाँले आफ्नो विषयमा म्याग्दीबाट सर्वोत्कृष्ट नम्बर ल्याउनु भएको मैले जानकारी पाएको छु, उहाँको आयस्रोत पनि नभएको र उहाँ अपााङ्ग भएको कारणले उहाँलाई पनि हामीले यस संस्थाको तर्फबाट पढाइरहेको अवस्था छ ।
तपाइँ आफू सामाजिक कार्यहरुमा पनि अग्रसर हुनुहुन्छ, तपाइँको आफ्नो सामाजिक दायित्व, अहिलेसम्म गरेका सामाजिक कार्य र आगामी योजनाहरु के छन् ?
अघिको प्रश्नमा पनि मैले केही कुरा भन्न छुटाएँ । त्यसको साथसाथै गलेश्वरमा ५०÷६० जना वृद्धवृद्धाहरु हुनुहुन्छ, उहाँहरुलाई स्वास्थ्य सेवा दिनको लागि असाध्यै आवश्यक महसुस गरेर नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट एउटा स्वास्थ्य उपकेन्द्रको स्वीकृति सम्बन्धित निकायका साथीहरुले लिनु भएको थियो र त्यो स्वास्थ्य चौकी निर्माणका लागि आवश्यक कोठाको आवश्यकता महसुस गरेर हामीले गलेश्वर शिवालय क्षेत्र विकास समिति अन्तर्गत वृद्धवृद्धाहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले करिब ३ लाख रुपैयाँ बराबरको एउटा कोठा निर्माणमा यस संस्थाको त्यहाँ सहयोग भएको छ । र आगामी दिनमा पनि हामीले शैक्षिक, धार्मिक, सामाजिक लगायतका यस्ता क्षेत्रमा हामीले सहयोग गर्दै जानेछौं । जिल्लाभरिमा कुनै त्यस्ता सहयोगको आवश्यकता छ भने सम्बन्धित निकायको सिफारिसमा हाम्रो संस्थामा राजनीतिक, सामाजिक क्षेत्रमा साथीहरुले सम्पर्क गर्दा पनि हुन्छ । र बाँकी रह्यो मेरो व्यक्तिगत कुरो । मेरो व्यक्तिगत कुरोमा, म पनि यो क्षेत्रको यो जिल्लाको एउटा सामाजिक प्राणी हुँ । मैले सामाजिक क्षेत्रमा विगतदेखि वर्तमानसम्म काम गर्दै आइरहेको छु र विभिन्न धार्मिक क्षेत्रसँग पनि सम्बन्धित छु म । मैले अहिलेसम्म निरन्तर रुपमा पुलहाश्रम क्षेत्र विकास कोषको १९ औं वर्षमा काम गर्दै रहेको छु र अहिले म अध्यक्षको रुपमा कार्यरत छु । अहिले मेरो कार्यकाल सकिन सकिन लागेको छ । त्यस्तै म्याग्दी बहुमुखी क्याम्पसमा पनि लामो समयसम्म म सञ्चालक समितिमा रहेर काम गरें । गलेश्वर शिवालय क्षेत्र विकास कोषमा पनि म लामो समयसम्म क्षेत्र विकास कोषको सञ्चालकको रुपमा काम गरें र अहिले पनि म त्यहाँ सल्लाहकारको रुपमा कार्यरत छु । त्यसको साथसाथै मैले पनि यो समाजमा केही गर्नुपर्छ भन्ने उद्देश्य राखी मैले झिँ गाविसकी धनमाया वि.क. जसको आफूलाई जन्म दिने आमाको मृत्यु भइसकेको थियो, उनका बाबाले अर्की आमा ल्याएर उनलाई अत्यन्त हेला गरेको अवस्था र उनलाई घरबाट बाहिर छोडिदिएको अवस्था, राखु मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालय (दृष्टिविहीन विशेष कक्षा) बाट एसएलसी पास गरेको अवस्था रहेको खबर मकहाँ आइपुग्यो, त्यसपछि उनको आयअवस्था धेरै कमजोर छ, उनलाई मैले पढाउनु पर्छ भन्ने मैले महसुस गरेर मैले बाबियाचौर उच्च माध्यमिक विद्यालयबाट मेरो व्यक्तिगत लगानीमा त्यहाँबाट प्लस टु पढाएँ, त्यहाँबाट नानी अत्यन्त राम्रो नम्बरका साथ उत्तीर्ण भएकी छिन् । त्यहाँबाट उनले फेरि मलाई बाबा हजुरको सहयोग पाएँ भने मैले व्याचलर पनि पढ्छु भनिन् र उनको मेहनतप्रति मलाई विश्वास पनि लाग्यो र उनले चाहिँ व्याचलरसम्म पढिन् भने अन्धी भए पनि आफ्नो खुट्टामा उभिन सक्छिन् भन्ने सोचका साथ हाल महिनाको ६ हजार पाउने गरी मैले मेरै संस्थामा डिपोजिट गरिदिएको छु । ४ वर्षका लागि उनको अध्ययनको लागि छात्रवृत्ति म्याग्दी बहुमुखी क्याम्पसले दिएको छ, खान बस्न र अन्य कापीकलम लगायतका लागि मैले मासिक ६ हजार दिने गरी मैले पढाइरहेको छु । यस जिल्लामा अन्य कुनै मानवीय, सामाजिक, धार्मिक कार्यका लागि मेरो शक्तिले भ्याएसम्म निरन्तर म सहयोग गर्नेछु । अन्यत्र कतै जेहन्दार पढ्न इच्छुक कोही छ भने पनि मेरा साथीहरु र मैले समेत अध्ययनका लागि व्यवस्था गर्न केही गर्न सक्छु जस्तो लाग्छ ।
अन्त्यमा सञ्चार माध्यमले के गर्नु पर्ला ? मैले सोध्न छुटेका हजृुरका केही कुराहरु छन् कि ?
मैले संस्थाको गतिविधिको बारेमा त करिब करिब बताइसकें । सञ्चार क्षेत्र भनेको राज्यको एउटा प्राण नै हो । सञ्चार क्षेत्र भएन भने मान्छे जसरी पानी बिना बाँच्न सक्दैन, सञ्चार जगत भएन भने देश पनि लङ्गडो अवस्थामा रहन्छ । र हामीजस्ता दुर्गम क्षेत्रमा काम गर्ने यी सहकारीहरु त झन् सञ्चार क्षेत्रको ठूलो सहयोग रहन्छ । हामीले गरेका आफ्ना गतिविधिहरु सञ्चार माध्यम, पत्रपत्रिकामार्फत् गाउँगाउँमा वस्ती वस्तीमा पुग्न सक्छ । त्यो पुग्यो भने त्यहाँका गरिब जनताहरुलाई तपाइँहरुले सुसूचित गरेकाहरु समुदाय हाम्रो सम्पर्कमा आउनुहुन्छ, हामीसँग सहकार्य गर्नुहुन्छ, उहाँहरुको जीवनस्तर उकास्ने काममा पनि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । सञ्चार जगतले म्याग्दी र मेरो मात्र क्षेत्र तथा कार्यमा मात्र नभएर नेपालभर नै सञ्चार क्षेत्रले निकै ठूलो भूमिका निर्वाह गर्छ । सहकारी क्षेत्रमा त झन् सञ्चार क्षेत्रको भूमिका अहम् रहेको कुरा म यहाँलाई अवगत गराउन चाहन्छु ।
हवस् त धन्यवाद !
धन्यवाद !