न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा संचालित ४ दिने तालिम समापन भएको छ । विद्यालयको आयोजना र महिला सशक्तिकरण तथा अनुसान्धान केन्द्र (WERC) काठमान्डौको संयोजनमा संचालित तालिम आइतबार सम्पन्न भएको हो । कक्षा ११ र १२ मा अध्ययन गर्ने १७ जना छात्रा छात्र सो तालिममा भएका हुन् । तालिममा,Leadership Capacity, Critical thinking, Team work, Communication skill, Breaking out of comfort zone, Research skill, Field ethics, Better Personality, लगायतका बिषयमा सहजीकरण गरिएको थियो ।
सहभागी विध्यार्थिहरुलाई Communication skill बिकासको लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालयमा पुगेर समस्याको पहिचान सुचना संकलन गर्ने अभ्यास समेत गराइएको थियो । त्यसैगरी सामुदायिक जिम्मेवारीको बोधका लागी सहभागीहरुलाई सामुदायिक क्रियाकलापमा सहभागी गराइएको थियो । तालिमको सहजीकरण शिला थापा, दीक्षा मिश्रा, र प्रतिक श्रेष्ठ ले गरेका थिए ।
तालिम समापनको अवसरमा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका सदस्य सुबास कुमार श्रेष्ठले तालिमले विद्यार्थिहरुमा एक्सपोजर क्षमता बढाएको बताउनु भयो । तालिम समापन कार्यक्रममा प्रशिक्षक हरुलाई शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ र प्रिन्सिपल बिना झाले मायाको चिनो प्रदान गर्नू भएको थियो । प्रशिक्षकहरुले तालिमका सहभागीहरुलाई प्रमाण पत्र बितरण गरेका थिए । कार्यक्रममा फाउन्डेसन का सदस्यहरु कृष्ण प्रसाद श्रेष्ठ शिबकुमार श्रेष्ठ यज्जन लाल शाक्य लगायतको उपस्थिति थियो ।
सजनी थापा र सृष्टी थापाको संचालनमा सम्पन्न कार्यक्रमको शुभारम्भ प्रिती घिमिरेले गरेकी थिईन भने, समापन सौभाग्य पुर्जाले गरेका थिए । कार्यक्रममा कमल तिलिजा, सोनु मल्ल, पुष्पा खत्री, फियोना पुनले ४ दिनको कार्यक्रमको सिकाइलाई संक्षिप्तमा बताएका थिए । अन्य सम्पूर्ण सहभागीले आफ्नो अनुभव ब्यक्त गरेका थिए । एक फरक शैलीवाट शुरु र समापन गरिएको कार्यक्रम अत्यन्तै रोचक रहेको थियो ।
Previous Articleहिन्दु धर्म अनि मैले भोगेको अनुभव
Next Article एनसेलको कर असुल्न नयाँ प्रक्रिया