
घरमा हजुरअामाले गलेश्वर मन्दिरकाे प्रसाद दिए पछि मेराे छाेराे पनि मन्दिर गएर प्रसाद खाने र फाेटाे खिच्ने भनेर उस्काे ममिलाई निकै सताएछ । पछि म्याग्दी जिल्लाकाे प्रसिद्ध गलेश्वर मन्दिरमा गत साेमबार छाेराकाे मन्दिर दर्शन देखेर निकै खुसि भए । छाेराे सँगकाे फाेनबार्ताबाट उस्काे खुसि सुन्दा निकै खुसि भए । अर्का तिर देशभर दलित मन्दिर गर्दा जरिवाना, कुटपिट, मलमुत्र खुलाउने साथै बाेक्सीकाे अाराेपमा धामीहरुबाट ताताे फलामले पाेल्ने जस्ता घटनाहरु मनमा सलबलिए ।
२०५६ साल मंसिरमा श्री राम चन्द्र मा.बि.बाट भ्रमण जादा अंग्रेजी शिक्षक नवीन सापकोटा गुरुकाे हाैसलाले गर्दा गलेश्वर मन्दिर भित्र प्रबेश गरेर पुजा गर्ने माैका पाए । मनमा निकै त्रास थियाे । दलितलाई मन्दिर पस्न नदिने र पसिहालेमा कुटपिटका घटनाले म लुकलुक कामेकाे थिए किन कि २०५५ सालमा दलित अग्रजहरुबाट म्याग्दी महारानी थान मन्दिर प्रबेश कार्यक्रमले जिल्ला नै हंगामा भएकाे थियाे ।
५६ साल तिर नै मेराे ब्रतबन्ध गर्दा पल्लाे गाउकाे भकुण्डे शिव मन्दिरमा छि छि र दुरदुर गर्दै त्यहि समयमा नै गरेकाे थिए अहिले छाेराे गलेश्वर जादा बल्ल याद अायाे । अामा बाबाकाे सल्लाह अनुसार छिटाे र थाेरै खर्चमा २०६९ साल बैशाख १७ गते गाउँकै भगवती मन्दिरमा मेराे बिबाह भएकाे हाे । त्यति बेला दमाई/ दलित भनेर मन्दिरकाे बाहिरबाट पुजा सकेर अाउदाकाे दिन झनै किन दमाई भएछु भन्ने अाफैमा अात्मा ग्लानी गरेकाे थिए । अझै हामी नयाँ २१ अाैं शताब्दी भने पनि देशभर स्थानीय स्तरका मन्दिरमा प्रबेस दिदैन्न तर पनि बिश्व सम्पदा सुचिमा परेका देशमा अति चर्चामा रहेका धेरै मन्दिरहरुमा केही सामानता पाउँदा , स्थानीय स्तरका मन्दिरमा लाग्ने मेला पर्वहरुमा दमाई भनेर छिछि गर्दै छाेईएला अलि उतासर जस्ता अपहेलित शब्दहरु भुलि हिन्दु धर्ममा नै मायाँ बसेकाे छ मेराे ।
२०७० सालमा म्याग्दी जिल्ला साबिक राम्चे गाबिस नागी गाउँमा अबस्थित मनाेकामना पूरा हुने चर्चित धार्मिक स्थल ” नागी बराहमा ( म्यागासेसे पुरस्कार बिजेता डा.माहाबिर पुनकाे गाउँ ) जीवन मै पहिलाे हिन्दु धर्ममा समातना र खुसिकाे अनुभव पनि गरेकाे छु । अाम भक्तजनलाई खुला रुपमा पुजा गर्न पाउने ब्यबस्था रहेकाे मन्दिरमा स्वयम सेवकले झै भक्तजनलाई सहयोग गर्ने अबसर पाएकाे छु । धेरै भुँइचाेले गर्दा मन्दिर भित्र पसेर भक्तजनहरुकाे नाम भन्दै उहाँ हरुले भने अनुसार वर माग्दै नरिवल फुटाउने, फुलमाला चढाउने, पैसा चढाउने र परेवा उडाउन पाउँदा हिन्दु धर्ममा नै मायाँ बसेकाे हाे ।
बागलुङ बलेवा भैरबथान र बाग्लुङ कालिका मन्दिरमा पनि अाम भक्तजनले समानता पाउने कुरा भाइकाे बिहेबाट अाफैले भाेगेकाे छु । २०७१ साल सुनिल भाइले बाग्लुङ कालिकामाईकाे काखमा अाफ्ने बिहे गर्ने याेजना बनाए पछि दुलहा दुलही लिएर ८/९ जना मन्दिर पुग्यौं । बिबाह गर्न जग्या लगाउने ठाउँ र पुजारी नभएकाे जनकारी पाए पछि हामी केही बेर निरास भयाै तर ३/३ जना पुजारी हरुकाे सल्लाह पछि छाेटाे मिठाे रुपमा मन्दिर भित्र गएर २० मिनेटकाे बिबाह सकेकाे अहिले जस्तै लाग्छ । बाहिर पुजा लगाउनु भन्दा भित्र पुगेर छिटाे मिठाे पुजा सक्दा हामीलाई खुसिकाे सिमा थिएन ।

किन कि मैले स्थानीय मन्दिरमा बिहे गर्दा दलितकाे धुप , धजा र टीका नचल्ने भनी बाहुन बाजे कै सामान अलग्गै छुइन्छकि भनेर माथीबाट दिएकाे ताजै थियाे ।
फेरि हिन्दु धर्ममा केही समानता पाएर अाफुलाई गैर दलित हु भन्याे भन्ने नकारात्मक साेच नलिनु हाेला र म कुनै पण्डित र पुजारी पनि हैन । धर्म कुनै सानाे ठुलाे र सहि गलत भन्ने हैन सबै समान छन तर धर्मका कुरिति, कुसंस्कार र केही कमजोरी हरु भएकाले धर्ममा नकारात्मक असर परेकाे हाे साथै हरेक धर्मकाे उदेश्य एउटै र बाटाे फरक मात्र हाे । मेराे चाहाना जसरि जिल्लाका ठुला र चर्चित मानिने मन्दिरमा जस्तै स्थानीय स्तरमा पनि समानता मिल्दै जाहाेस भन्ने चाहाना हाे । मैले हिन्दु धर्ममा पाएकाे पीडा र अपहेलना अब मेराे छाेरा जस्तै पछिल्लो पुस्ताले भाेग्न नपराेस भन्ने हाे ।
मुख्य कुरा अहिले धर्म परिवर्तन गर्नेकाे बिगबिगी छ । अाफुले चाहेकाे धर्म मान्न पाउने नैसर्गिक अधिकार कानुनले दिएकाे छ । यहि कानुनलाई केही मानिसहरु दुरुपयोग गरेका समाचार हामीले सुन्ने र देख्ने गरेका छाै । समाज र धर्मबाट अपहेलित मानिएकाे दलित समुदाय हिन्दु धर्ममा अाफ्नाे अात्मा सम्मान पाउनका लागि सभा, सम्मेलन, गाेष्ठी र २०१२ सालमा पशुपतिनाथ मन्दिर प्रबेश गर्ने कार्यक्रम देखि देशभर जनचेतना गर्दा पनि साेचे जति समानता नपाउदा धर्म परिवर्तन गर्नु परेकाे बाध्यता बिज्ञहरु बताउनुहुन्छ । धर्म परिवर्तन गर्न मलाई पनि धेरै अनुराेध र सल्लाह अाए कै हुन । निशुल्क कम्प्युटर सिकाउने , संगित सिकाउने र अंग्रेजी भाषा सिकाउने जस्ता अबसर अाएकै हुन तर म मान्दै अाएकाे हिन्दु धर्म भित्रका कुसंस्कार हताउनु जरुरि हाे ।
भन्ने साेच साथै अधिकार सँग भागेर हैन खाेसेर ल्याउने हाे । भन्ने साेच हाे । जसरि शहरका ठुला मन्दिरहरुमा दलितलाई पुजा मिल्छ भने गाउँका मन्दिरमा पनि समानता मिलाेस । दलित समुदायले बनाएकाे मुर्तिमा उसैले पुजा गर्न नपाउनु याे त अन्याय भएन र ? अरु धर्मका चर्च ,गुम्बा , मस्जिदमा दलित जान पाउछ भने मन्दिर जान किन राेक याे त अन्याय भएन र ? यति भनी रहदा या बेला माैकामा धर्ममा बारेमा बहस गर्दा गैर दलित साथीहरु फेसबुक मै रिसले चुर हुनुहुन्छ तर रिसाउनु पर्ने कारण नै मैले त केबल देखेकाे, भाेगेकाे पीडा सबैमा शेर गरेकाे हु अाम नेपालीमा हामी सबै नेपाली भन्ने मानबता र समानता हिन्दु धर्मले दिए धर्ममा न्याय र सम्मान मिल्ने थानेकाे छु ।
यो लेख लेखकको ब्यक्तीगत बिचार हो ।
अाशिष परियार – झिल्के