म्युजिक खबर म्युजिक अवार्डका लागि ५ जना म्याग्देलीहरु नोमीनेसनमा परेका छन्। म्युजिक खबर डटकमले विगत ७ वर्ष देखि प्रदान गर्दै आएको म्युजिक खबर म्युजिक अवार्डका लागि यस वर्षा म्याग्दी जिल्लाका ५ जनाको गित संगित नोमिनेसनमा परेको हो । सोमबार म्युजिक खबरले प्रेस विज्ञप्ती जारी गर्दै उत्कृष्ट ५ को सूची सार्वजनिक गरेको थियो ।
उत्कृष्ट पाँच भित्र सर्वोत्कृष्ट लोक दोहोरी नवप्रतिभामा भेट हुँदा जहिले नि ठिक्क बोलको गितकालागि ध्रुव जिसी छानीएका छन् । भारतीय सेनाबाट निबृत्त भए पछि सांगितिक क्षेत्रमा लागेका जिसिका धेरै गितहरु चर्चीत भै सकेका छन् ।
त्यस्तै यही बिधामा अर्की म्याग्देली अमृता श्रीपाल पनि छानिएकी छिन् । बेनी नगरपालिका भकिम्लीकी श्रीपालको कर्णप्रिय गित गैरी गाउँको मेला पनि यस वर्षको म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट ५ मा छानिएको हो ।
५. सर्वोत्कृष्ट लोक दोहोरी नवप्रतिभा
डीबी दाहाल -सम्झी रुने दिन
चन्दा खड्का -मायाँकै पिरले
ध्रुव जिसी -भेट हुँदा ठिक्क
अमृता श्रीपाल -गैरी गाउँको मेला
प्रतिमा अर्याल -एउटा कुरा
त्यस्तै सर्वोत्कृष्ट लोकदोहोरी भाका तर्फ राजेन्द्र सापकोटाको गित पिरती मिसाउने बोलको गितका लागि कस्तुप पन्त नोमीनेसनमा परेका छन् । शव्द तथा लय संकलनमा चर्चीत कस्तुप पन्तले म्याग्दी बरंजाका राजेन्द्र सापकोटाको गितका लागि भाका तय गरेका थिए ।
११.सर्वोत्कृष्ट लोकदोहोरी भाका
राजन ठकुरी कलेजी फाटेर
बलबहादुर गुरुङ विछोड
शिव हमाल म तिम्रै हुँ क्यार
कृष्ण रेउले गाउँमा हल्ला चल्यो
कस्तुप पन्त पिरती मिसाउनी
नेपालकै चर्चीत संगितकार दिपक शर्मा सर्वोत्कृष्ठ चलचित्र संगितकारको उत्कृष्ट ५ भित्र परेका छन् । उनको गत वर्षको चर्चित गित पर्खपर्ख मायाँलु उत्कृष्ट भएको हो । मंगलम चलचित्रको उक्तगित निकै हिटभएको थियो ।
१७.सर्वोत्कृष्ट चलचित्र संगीतकार
अर्जुन पोखरेल तिमी रोएको पल –ऐश्वर्या
विकास चौधरी घिन घिन मादल –पञ्चेबाजा
दीपक शर्मा पर्ख पर्ख मायालु – मंगलम्
टंक बुढाथोकी छोरीको जन्म –पञ्चायत
राजनराज शिवाकोटी चरि चट्ट परी भुरुरु
त्यसैगरी म्याग्दीकी क्रष्टिना थापा सर्वोत्कृष्ट म्युजिक भिडियो मोडलमा छानिएकी छन् । उनको म त मायाँ बोलको गितको म्युजिक भिडियो उत्कृष्छ ५ भित्र समावेस भएको हो ।
२३.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
मरिष्का पोखरेल जुन जस्तो
क्रिस्टिना म त माया
जुना सुन्दास मुटु बिक्दो रैछ
आश्मा घिमिरे तिमीलाई छुँदै
अनामिका चौलागाई उनको मेरो
सोमबार बिराटनगरमा पत्रकार सम्मेलन गरी ३३ गित संगितको क्षेत्रमा ३३ विधामा उत्कृष्ठ ५ को नामावली सार्वजनिक गरिएको थियो । सर्वोत्कृष्ट हुनेलाइ आगामी असोज १३ गते विराटनगरमा मुल कार्यक्रमका साथ पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।