ओमन / रोजगारीका लागि ओमन आएको ५ महिना नहुदै,भैरहवाका विमल गुरुङ मृत फेला परेका छन् ।
विमल ५ महिना अघि काठमाडौँमा रहेको कर्णाली ओभरसिज प्राली मार्फत ओमन आएका उनी ओमन ईन्टरनेशनल ग्रुप (ओआईजि) मा किलिनरको रूपमा कार्यरत थिए।
उनले हिजो बिहीबार बिहान करिब ११ बजे आफू सुत्ने कोठाको पंखाको सिलिङमा झुन्डिएर रहेको अवस्था मृत फेला परेको कम्पनीमा कार्यरत तनुँह मजकोटका मन बहादुर विकले जानकारी दिए। अहिले उनको पार्थिव शरीरलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। हामिले पनि सब हेर्न पाएका छैनौं । मृतक विमलको घरमा श्रीमती, एक छोरा र बहिनी रहेको कम्पनीमा कार्यरत अन्य नेपाली जानकारी दिए ।