नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशले पनि लगानी गर्ने भएको छ । चीन र भारतले लगानीमा होडबाजी गरिहरेका बेला बंगलादेश पनि नेपालको जलविद्युतमा लगानी गर्न तयार भएको हो ।
हालसम्म बंगलादेशबाट जलविद्युत् क्षेत्रमा ठूलो प्रत्यक्ष वैदेशिक लगानी आएको छैन । जलविद्युत् क्षेत्रमा सहकार्य गर्न सहयोग आदान शुक्रबार द्विपक्षीय ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुँदैछ । समझादारीपत्रमा हस्ताक्षर गर्न बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिद काठमाण्डु आइसकेका छन् ।
शुक्रबार विहान ११ बजेबाट दुबईदेशबीच मन्त्रीस्तरीय वार्ता हुनेछ । नेपाली टोलीको नेतृत्व उर्जामन्त्री वर्षमान पुनले गर्ने कायर्क्रम छ । बंगलादेशले जनार्दन शर्मा ऊर्जामन्त्री भएकै समयमा नै नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव राखेको थियो ।