प्रियंका चोपडाले हलिउड फिल्म काउबाइ निन्जा वाइकिङमा हस्ताक्षर गरेकी थिइन् । यसमा उनी चर्चामा रहेका हलिउड अभिनेता क्रिस प्रेटका साथ देखिन लागेकी थिइन् । प्रियंकाले सलमान खानको फिल्म भारत छोड्नुको पछाडि हलिउडको यही प्रोजेक्ट बताइएको छ । तर अब अभिनेत्रीको यस फिल्मपनि फुत्किएको समाचारहरु भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय मिडियामा छापिएका रिपोर्टहरुका अनुसार प्रियंकाको यो फिल्म लामो समयका लागि सरेको छ । फिल्म निर्माता युनिभर्सल फिल्मले रिलिज मितिबाट फिल्मको नाम हटाएको छ । यसको मतलब काउब्वाइ निन्जा बाइकिङको शुटिङ हालका लागि स्थगित हुने देखिएको छ ।
पहिले यो फिल्म २८ जुन २०१९ मा रिलिज हुनलागेको थियो ।
प्रियंकाको लागि राहतको कुरा के छ भने यो फिल्म बन्द नै हुन लागेको चाहि होइन । यो फिल्म रिलिजको लागि लामो समय लाग्ने भएको छ । रिपोर्टहरुका अनुसार फिल्म निर्माताहरुले फिमेल लिड रोलका लागि पहिलो रोजाइमा प्रियंकालाई राखेका छन् ।
प्रियंकाले अभिनेता निक जोनससँग सेप्टेम्बरमा विवाह गर्ने तयारी गरिएको छ । निकलाई समय दिनका लागि सलमान खानको ठूलो प्रोजेक्ट भारत फिल्म प्रियंकाले छोडेको समाचारहरु सार्वजनिक भएका थिए ।
यस समयमा प्रियंकालाई तीन फिल्मको अफर थियो । सलमान खानको भारत छोडेकि छिन्, काउब्वाइ निन्जा वाइकिङको सुटिङ सरेको छ भने सोनाली बोसको फिल्म स्काइ इज पिंक ।
यस फिल्मको शुटिङ सुरु भएको छ ।
प्रियंकाले केही समय पहिला आफ्नो दोस्रो हलिउड फिल्म इजन्ट इट रोमान्टिकको सुटिङ सकेकी थिइन् ।