म हेरिहन्छु
उ देखाइरहन्छ
म जस्तो छु
उसले दुरुस्तै देखाइदिन्छ
म भन्दा फरक मलाई
कहिलैदेखाएन उसले
अनुहार दुरुस्तै देखाए झै
मन देखाईदिन्याे भने ऐनाले
खुल्ने थियाे हरेक मनभित्रकाे रहस्य
छुटिने थियाे सत्य र असत्य
त्यसैले अाग्रह छ वैज्ञानिकहरुलाइ
अब एउटा
मन देखाइदिने एेना बनाइदेउ
– अन्जना तिवारी