नेपालले शुक्रबार एक दिवसीय क्रिकेट प्रतियोगितामा ऐतिहिक जित निकाल्न सफल भएकोमा अहिले चौतर्फि चर्चा भइरहेको छ ।
नेपालले यो सफलता हात पार्दा देशविदेशबाट बधाई तथा शुभकामना आइरहेका छन् । यसैबीच, चर्चित तथा भारतीय पूर्व क्रिकेटर वीरेन्द्र सहवागले पनि ऐतिहासिक जित निकाल्न सफल भएकोमा नेपाललाई बधाई दिएका छन् ।
उनले सामाजिक संजालमार्फत ट्वीट गर्दै नेपाललाई जितको बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘शुक्रबारको जितका लागि स्याबास, नेपाल । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा रोमाञ्चक जितका लागि बधाई । यो त सुरुवात मात्रै हो, शुभकामना छ ।’