काठमाडौं, २६ असोज – प्रधानन्यायाधीश, राजनीतिक दलका नेता, प्रधानसेनापति देखि सर्वसाधारणसम्म राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडा दशैंको टीका र जमरा ग्रहण गर्न मंगलवार राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । प्रधानन्यायाधीश सुशीला कार्की, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावल, प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री लगायत अन्य सुरक्षा निकायका अधिकारीहरु पनि राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न शीतल निवास पुगेका थिए ।
तस्विरमा वडादशैंको शितल निवास…..