पाश्यात्य संस्कृतिको अतिक्रमणबाट नेपालको मौलिक संस्कृति लोभ हुन थालेका छन् । विश्वकै मौलिक कला र संस्कृतिको रुपमा चिनिने भजनका बारेमा नयाँ पुस्तालाई राम्रो जानकारी पनि छैन् । हिन्दु नेपाली समाजको सांस्कृतिक पौराणिक महत्व मानिने भजनकृतन विभिन्न पर्व, पूजाआजामा घरआगनमा र धार्मिकस्थलमा उज्यालो नहुदाँसम्म रातभर भजनकृतन गर्ने र उज्यालो भएपछि पवित्र गंगामा स्नान गर्ने हजारौं बर्ष पुरानो परम्परालाई आधुनिक समाजमा हुर्किएका यूवालाई पत्तो छैन् ।
सहरबजार देखी दुर्गम बस्तीसम्म हिन्दी,आधुनिक पपमा झुमिरहेका यूवालाई भजनको महत्व जगाउन म्याग्दीका यूवाहरूले शिव भजनको म्यूजिक भिडियो छांयाङ्कन गरेका छन् । यूवा जनशक्ती पलायन हुन थालेपछि गाउँघरमा रहेका मठमन्दिरमा नियमित घन्किनुपर्ने भजन विस्तारै लोप हुन थालेपछि जर्गेनाका लागी अभियान सुरु गरिएको म्याग्दीका चर्चित हांस्यब्यङ्ग रबी कार्कीले बताए । ‘बुढापाकाको सम्पत्ती जोगाउने जिम्मेबारी हाम्रो हो,‘म्यूजिक भिडियो नै बनाएर बजारमा ल्याउने तयारीमा छौ’ कार्कीले भने ।उनले भजनका पुराना सर्जकबाट समेत सहयोग मिलेको बताए । उनले जिल्लामा रहेका पुराना भाकाका भजनको खोजी गर्ने बताए ।
गलेश्वरको दर्शन, गलेश्वरको दर्शन, दुख सबै टर्छन् ।
गलो खस्दा सतिजिको, गलेश्वर नाम, जस्ले जस्तो इच्छा ग¥यो, पु¥याइदिने काम
भारतको राज्य छाडी भरत राजा आए, तीनजन्म विताए, मुत्ति यही पाए
शालीग्राम बगाउने, गंगा सललल, गलेश्वरकै पाउ भुमी, बग्छीन कल कल
गलेश्वरको दर्शनमा पुगेमा भक्तजनको बीचमा गरिएको छांयाङ्कनमा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष एवम् रचनाकार भिमनाथ पराजुली, सचिव माधवप्रसाद रेग्मी लगाएतको उपस्थितीमा गरिएको थियो ।
‘भजनको संरक्षणमा यूवाको सक्रियताले उत्साहित छु,‘आफ्नो संस्कृतिभन्दा प्यारो आयातित हुदैन’ रचनाकार समेत रहेका पण्डित पराजुलीले भने । उनले यूवापूस्तालाई समेत नौलो लाग्ने भजनको प्रचारप्रसारमा गलेश्वर क्षेत्र विकास कोषले समेत आर्थिक सहयोग गर्ने बताए । एकदशक अगाडीसम्म गलेश्वरमा साउने सोमबार, शिवरात्रीमा ठाउँठाउँबाट भजनको टोली आउने गरेपनि अहिले भाडामा ल्याउन खोज्दा समेत मुस्किल हुने गरेको उनको भनाई छ । भजन हिन्दु धर्मको संगीतको रुपमा समेत चिनिने भएकाले पुराना सर्जकले सीप ज्ञान र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न राज्यका निकायले समेत चासो देखाउनुपर्नेमा जोड दिए ।
कृष्णागण्डकीवाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको जिल्लाकै प्रमुख धार्मिकस्थल बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर मन्दिरमा साउने सोमबारको पहिलो दिन म्यूजिक भिडियो छांयाङ्कन गरिएको छ । म्यूजिक भिडियोमा स्वर रबी कार्की, तारानाथ आचार्य, ज्योती लोहनी, अभियन शिवको भुमिकामा खेम केसी, पार्वतीको भूमिकामा करिस्मा सुबेदीले भूमिका खेलकी छन् । पहिलो भजन बजारमा ल्याएको यूवासमुहले अर्को भजनको तयारी समेत गरेका छन् ।