बागलुङ, २४ असोज- गत भदौ ३१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको २५ बुँदे सहमतिसहितको जारी संयुक्त विज्ञप्ती राष्ट्रघाती भएको भन्दै नेपालका विभिन्न आठ बामपन्थी दलले कात्तिक ९ गते काठमाण्डौंमा विरोध कार्यक्रम गर्ने भएका छन् ।
आठ दलले विगतमा विभिन्न समयमा गरिएका दुई देशका असमान र राष्ट्रघाती सन्धि–सम्झौतालाई खारेज गरी नेपाललाई स्वतन्त्र राष्ट्रकारूपमा स्थापित गर्ने आवश्यकताको बोध भएका बेला गत भदौ ३१ गते दिल्लीमा जारी संयुक्त विज्ञप्ति राष्ट्रको हितमा नभएको ठहर गरेका छन् ।
नेपाल र भारतबीच भएको २५ बुँदे सहमतिमा उल्लेखित नेपालको परराष्ट्र नीति भारतद्धारा निर्धारित हुने आशय व्यक्त भएकोमा नेपालमा त्यसको सर्वत्र चर्को विरोध हुँदै आईरहेको छ । सत्ताको नेतृत्व गरिरहेको माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसहितका नेताहरुले समेत सार्वजनिक रुपमै प्रधानमन्त्री दाहालले गरेको उक्त सहमतिको खुलेरै विरोध गरिरहेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सम्पन्न केन्द्रिय कमिटी बैठकले पनि त्यसको विरोध जनाईसकेको छ ।
ती दलले विगतमा विभिन्न समयमा गरिएका दुई देशका असमान र राष्ट्रघाती सन्धि–सम्झौतालाई खारेज गरी नेपाललाई स्वतन्त्र राष्ट्रकारूपमा स्थापित गर्ने आवश्यकताको बोध भएका बेला गत भदौ ३१ गते दिल्लीमा जारी संयुक्त विज्ञप्ति राष्ट्रको हितमा नभएको ठहर गरी विरोध गर्ने निर्णय गरेका हुन् ।
सहमत हुने दलसँग सहकार्य गर्दै राष्ट्रघात र त्यसका विरुद्धको सङ्घर्षको आवश्यकताबारे चर्चा गर्दै एक संयुक्त पर्चा प्रकाशन र वितरण गर्ने र आगामी कात्तिक ९ गते काठमाडौँको सुन्धारामा विरोध जुलुस प्रदर्शन गरी शान्ति वाटिकामा जनसभा आयोजना गर्ने मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । विरोध कार्यक्रममा नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, नेकपा माक्र्सवादी, जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चालगायत सहभागी हुनेछन् ।
Previous Articleस्मृति : यस्तो हुन्थ्यो ८० वर्षअघिको दशैं
Next Article कथा – ल्यापटपको बाबा