राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् ।
पत्रकार सम्मेलन आयोजना गरेर शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाए ।
नेपाली टोली यूरोप भ्रमणमा जाँदैछ ।
नेपाली राष्ट्रिय टिमले नेदरल्यान्डसँगको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नेछ ।
शक्तिका लागि यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ ।
नेपालले एकदिवसीय विश्वकप छनोटका दौरान गत १ चैतमा एकदिवसीय मान्यता पाएको थियो ।
नेदरल्यान्डमा नेपालले १ र ३ अगस्टमा घरेलु टिमविरुद्ध दुईवटा एकदिवसीय खेलको शृंखला खेल्नेछ ।
लडर्स हुने टी–२० तथा नेदरल्यान्डमा हुने एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि हिजो मात्रै नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको थियो ।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का तथा आइसिसीका प्रतिनिधि अनिमुल इस्लामको छनोट समितिले १५ सदस्यीय टिमको छनोट गरेको थियो ।
नेपाली राष्ट्रिय टिम
पारस खड्का कप्तान, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ सेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् । त्यस्तै, चार खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ । वैकल्पिक खेलाडीमा विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी छन् ।