बागलुङ, १५ जेठ– आइतवार बागलुङ नगरपालिकाले नगरभित्रका फुटपाथका सामान जवरजस्ती हटाएको भन्दै जिल्लाका व्यवसायिक वस्तुगत संगठनले ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्ती प्रकाशित गरेर उनीहरुले व्यवसायीलाई गरिएको अम¥र्यादित व्यवहारको भत्र्सना गरेका छन् । नगरपालिकाको पहलमा सुन्दर नगर, सफा र आर्कषक बनाउने अभियानमा व्यवसायी समेत लाग्ने भन्दै त्यो अवसर समेत नदिएको टिप्पणी गरेका हुन् । नगरपालिकाले व्यवसायीको सहकार्यमा उक्त काम गरेको भएपनि सहयोग हुने समेत दावी गरेका छन् । ‘व्यवसायीको सहमती र सहकार्यमा यो काम हुन सक्थ्यो, तर मदिरा समेत सेवन गरेका र बिना पोशाकका नगर प्रहरी लगाएर हाम्रा सामान हिनामिना बनाइयो’ बिज्ञप्तीमा भनिएको छ ,‘अमानवीय र असहिष्णु क्रियाकलापले हामी मर्माहित भएका छौं ।’ फुटपाथे व्यपारी झै सटरमा बसेका व्यपारीलाई पनि ‘सडक तिम्रा बाउको बिर्ता होइन’ भनेर गाली गलौज गरेको आरोप समेत लगाइएको छ । २४ घण्टाको अल्टिमेटम दिएर सामान फालिएकोमा उनीहरुको आपत्ति हो ।
कतिपय व्यवसायीलाई यो सूचना समेत नपुग्दै सामान फालिएको व्यवसायीले बताए । विज्ञप्तीमा व्यवसायीका अनगिन्ती समस्या प्रति नगरपालिका उदार नभएको, चर्को आएकर,नगरपालिकाले चर्को शुल्क वृद्धि गरेको,लगायतका समस्यामा नगरले साथ नदिएको भनिएको छ । यो अवस्थाको निराकरणका लागि राजनीतिक नेतृत्व, उद्योग बाणिज्य संघका पदाधिकारी लगायतले सहजीकरण गर्नुपर्नेमा जोड दिइएको हो ।
साथै आगामी दिनमा चन्दा संकलन र आर्थिक सहयोगका नाउमा हुने सहयोग समेत एकडालो प्रणालीमा ढालेर छाता संगठन मार्फत प्रदान गर्ने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिइएको छ । उनीहरुले सडकमा रहेको पार्किङ हटाउन तत्काल पार्किङस्थल निर्माणको माग, खानेपानीको शुद्धता,सडक नालिको व्यवस्था र घर भाडाको उचित मापदण्ड बनाउन पनि माग गरिएको छ । विज्ञप्तीमा बसव्यवसायी संघ, जिप व्यवसायी संघ, कपडा तथा फेन्सी, खुद्रा, हार्डवेयर व्यवसायी, भाडा व्यवसायी, ऋगार व्यवसायीका अध्यक्षले हस्ताक्षर गरेका छन् । त्यस्तै डिलर एसोसिएसन, मिष्ठान्न,फलफूल, सुनचादी, होटल व्यवसायी संघ,टेलर्स व्यवसायी, औषधि, क्यान महासंघ, मासु व्यवसायी,स्टेशनरी, इलेक्ट्रोनिक लगायतले हस्ताक्षर गरेका छन् ।
Previous Articleअल्लोले पर्वतका महिलालाई उद्यमी बनाउँदै
Next Article १५ जेठ २०७५, ढोरपाटन दैनिक