बागलुङ, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा बागलुङका पुर्व सांसद परि थापालाई पितृशोक परेको छ । नेता थापाका बुबा जयबहादुर थापाको ९२ बर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । बागलुङको जैमिनी नगरपालिका वडा नं. ३ दमेक निवासी थापाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको थियो । उनका नेता परि थापासहित चार छोराबुहारी, तीन छोरीज्वाइँ, नातीनातिनी, पनाती पनातिनीहरु छन् । थापाको जैमिनी नगरपालिका १ कुश्मीशेरास्थित जैमिनीघाटमा दाहसंस्कार गरिएको परिवारले जनाएको छ । दमेकमा बस्दै आएका थापालाई एक्कासी स्वास्थ्यमा समस्या देखापरेपछि मणिपाल शिक्षण अस्पताल पु¥याईएको उनका नाती बिक्रम थापाले बताए ।
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले एक शोक वक्तव्य जारी गरी दिवंगत जयबहादुर थापाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । बैद्यले बिज्ञप्तीमार्फत नेता थापासहित शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् । थापाको निधनले नेपाली कम्युनिस्ट आन्दोलन तथा विभिन्न संघर्षहरुमा सहयोग पु¥याउने ब्यक्तिको क्षति भएको बिज्ञप्तीमा उल्लेख छ । थापाकी जीवन सङ्गिनी मनकुमारी थापाको पहिले नै निधन भइसकेको थियो ।
Previous Articleसुशासनयुक्त वडा बनाउने योजना (अन्तरवार्ता)
Next Article सामाजिक अभियानको खाँचो