बागलुङ, १३ जेठ– मालपोत कार्यलय बुर्तिबाङमा कम्प्युटराइज लालपूर्जा बितरण गर्न थालिएको छ । यसअघि हस्तलिखित लालपुर्जा दिने गरिएकोमा हस्तलिखित लालपुर्जा बिस्थापित गर्ने उद्देश्यले सो काम थालिएको हो । ढोरपाटन नगरपालिका–३ की च्याखुरी कामीलाई पहिलोपटक कम्प्युटराइज लालपुर्जा बितरण गरिएको कम्प्युटर अपरेटर रनेश्वर कर्णले बताए ।
नेपाल सरकारले राज्य संघिय संरचनामा गएसंगै आगामी तीन बर्ष सम्ममा मालपोत अन्र्तगतका सबै कामकाजहरु अनलाइन प्रबिधीबाट सन्चालन गर्ने नीति लिएको र त्यसैलाइ सफल पार्न जिल्ला भू सूचना प्रणाली ९ म्ीक्ष्क्० प्रबिधि बाट उक्त लालपुर्जा बितरण गरिएको शाखा प्रमुख नारायण घर्तीले बताए । उनले धवलागिरी अन्चल भित्र यस पटकको अर्धन्यायिक निकायहरुको बार्षिक निरिक्षणमा मालपोत कार्यलय बुर्तिबाङ उत्कृष्ट भएको जानकारी समेत दिए । राजस्व संकलन कार्यचाप अभिलेख ब्यवस्थापन लगायतको क्षेत्रको मुल्यांकनमा उत्कृष्ट हुन सफल भएको बताए ।
Previous Articleनरेठाँटी बचत तथा ऋण सहकारी बन्द
Next Article जनमत माविमा पुस्तकालय स्थापना