बागलुङ, १२ जेठ– बागलुङ नगरपालिका–३ मा रहेको मुलपानी माध्यामिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्राबृत्ति प्रदान गरिएको छ । बानपा–३ खहरे घर भई काठमाण्डौँ बस्दै आएका बिष्णुबहादुर केसीले १० जना विद्यार्थीहरुलाई छात्राबृत्ति हस्तान्तरण गरेका हुन् । उनीहरुलाई ५ हजार रुपैँयाका दरले ५० हजार प्रदान गरिएको हो । केसीले उक्त विद्यालयमा स्थापना गरेको ३ लाख रुपैँयाको नरेन्द्र–देवी विद्या पुरस्कारलाई बढाएर ५ लाख रुपैँया पु¥याएका छन् ।
आगामी बर्षदेखि सो रकमबाट आउने ७० हजार रुपैँया बराबरको ब्याजले गरिब, असाहय, जेहेन्दार तथा दलित विद्यार्थीहरुलाई पुरस्कृत गरिएको बताइएको छ । विद्यालयमा अध्ययनरत सुरक्षा क्षेत्री, डोलेन्द्र किसान, राजन गैरे, सागर किसान, कुशुम शर्मा, रोशनी खड्का, पुरन भण्डारी, रोहित कार्की र कृती कार्कीलाई छात्राबृत्ति प्रदान गरिएको हो । सो अवसरमा विद्यालयमा भएका विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्धितिय तथा तृतीय हुने विद्यार्थीलाई पनि शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले वर्तमान समयमा शिक्षा महत्वपुर्ण बिषय भएकाले सबैले शिक्षा आर्जन गर्नुपर्ने बताए । उनले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार गर्न आवश्यक रहेको भन्दै यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक सबै मिलेर जानुपर्ने बताए । पौडेलले यस क्षेत्रको शैक्षिक विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष खगराज पाण्डे, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष लालबहादुर खत्री, छात्राबृत्ति कोषका संस्थापक बिष्णुबहादुर केसी, विद्यालयका पुर्वप्रअ मेघराज पाण्डे, विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष रेवती किसान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानायापक चुडामणी सुवेदीले विद्यालयमा भएका संरचना तथा अभावका बारेमा बागलुङ नगरपालिकालाई ध्यानाकार्षण गराएका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीबहादुर केसीको अध्यक्षता, शिक्षक नारायणप्रसाद गौतमको स्वागत र नेत्र सिलवालको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleछक्कापञ्जा ३ को छायांकन मल्लाजमा
Next Article पोखरेबगरमा एकीकृत घुम्ती शिविर