अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भएपनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका अण्डा पनि धेरैले रुचिपूर्वक खाने गरेका छन् । वन्य पन्छीहरू ढुकुर, कालिज तथा तित्राका अण्डा पनि निकै रुचाइन्छ । यसो भनौँ, मानिसहरू पाएजति पन्छीका अण्डा खान बाँकी राख्दैनन् । ती सबैका अण्डामा केही फरक विशेषता हुने भए पनि सामान्यत सबैमा एकै प्रकारको गुण पाउन सकिन्छ । ‘सन्डे होस् वा मन्डे, रोज खाओ अण्डे’ भन्ने हिन्दी भनाइ छ । यो भनाइले अण्डा खान प्रोत्साहित गरिरहेको देखिन्छ । अण्डा खाँदा हुने फाइदा र बेफाइदाको बारेमा पनि हामीलाई धेरैले बताउने गर्छन् । तर के तपाईलाई थाहा छ स्वस्थ शरीरका लागि दिनमा कतिवटा अण्डा खानु उचित हुन्छ ? अनि यसलाई कसरी पकाउनु पर्छ ? चीनमा झण्डै दश लाख मानिसमा गरिएको एक अध्ययन अनुसार दिनमा कम्तीमा एउटा अण्डा खाएर मुटु रोगको जोखिम कम गर्न सकिन्छ । स्वास्थ्य विशेषज्ञहरू शरीरलाई स्वस्थ राख्न दैनिक अण्डा सेवन गर्न सल्लाह दिने गर्छन् । साथै आवश्यकता भन्दा बढी मात्रामा अण्डाको सेवन गर्नाले स्वास्थ्यमा हुनसक्ने हानिको बारेमा पनि बताउँछन् ।
कति खाने अण्डा ?ः पोषणतत्वले भरिपूर्ण भएकै कारण चिकित्सकहरू दिनमा एउटा अण्डा खाने सल्लाह दिने गर्छन् । अण्डामा भिटामिन ए, डी, बी तथा बी १२, लूटीन तथा जीएजेनथीन लगायतका तत्व पाइन्छ । यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ । व्रिटेनका पोषणविद् डा. फ्रान्की फिलिप्स अनुसार अण्डा जति पनि खान सकिन्छ । त्यसमा कुनै शंका छैन । तथापि अधिक मात्रामा अण्डाको सेवनले शरीरलाई अन्य खानाबाट पाइने आवश्यक पोषण तत्व प्रदान हुँदैन । त्यसैले त पोषणविद्हरू सन्तुलित आहार सेवन गर्ने सल्लाह दिने गर्छन् । फिलिप्स भन्छन्,’ अण्डा प्रोटिनको राम्रो स्रोत हो । हामीले खाने अन्य खानेकुराबाट पनि शरीरले आवश्यक मात्रामा प्रोटिन पाइरहेको हुन्छ । शरीरको आवश्यकता भन्दा दुई वा तीन गुणा बढी बढी प्रोटिनले मिर्गौलामा नराम्रो असर पार्नसक्छ’ । अण्डामा प्रोटिनका साथै कोलेस्ट्रोल हुने गरेको तथ्य फेला पारेपछि व्रिटिश हार्ट फाउन्डेसनले सन् २००७मा हप्तामा तीन वटासम्म अण्डा खाने सुझाव दिएको थियो ।
कोलेस्ट्रोलः नेसनल हेल्थ सर्विसकी हालिया सलाहका अनुसासा अण्डामा केही मात्रामा कोलेस्ट्रोल त हुन्छ तर उक्त कोलेस्ट्रोलको मात्रा रगतमा स्याचुरेटेड फ्याटका कारण आउने कोलेस्ट्रोलभन्दा कम हुने गर्छ । यस अर्थमा भन्नुपर्दा अण्डामा भएको कोलेस्ट्रोल खासै ठूलो समस्या होइन । यसले स्याचुरेटेड फ्याटका कारण बनेको कोलेस्ट्रोलले जस्तो स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँदैन । हार्ट युकेका अनुसार अण्डामा करिब ४.६ ग्राम अर्थात एक चम्चा फ्याट हुन्छ, जसमध्यको एक चौथाइ भाग मात्र स्याचुरेटेड हुन्छ । जसले गर्दा अण्डाकै कारण शरीरको कोलेस्ट्रोलको स्तरमा भने खासै फरक पर्दैन ।
साल्मोनिया व्याक्टेरियाः व्रिटेनकी पूर्व स्वास्थ्य मन्त्री एडविना कुरीले डिसेम्बर १९९८८ मा भनेकी थिइन्, व्रिटेनमा उत्पादन हुने धेरैजसो अण्डामा साल्मोनिया व्याक्टेरिया हुने गर्छ । यो व्याक्टेरिया स्वास्थ्यका लागि घातक मानिन्छ । त्यही कारण उनको कुराले व्रिटेनमा हलचल मच्चिएको थियो । यसकै कारण एडविनाले राजीनामा दिनु परेको थियो ।
अण्डालाई कसरी पकाउने ?ः जहाँसम्म अण्डालाई पकाउने कुरा छ, अण्डालाई साधारण तरिकाले पकाएर वा उमालेर खानु पर्दछ । धेरैजसो पोषणविद्हरू अण्डालाई फ्राई गरेर नखान सल्लाह दिन्छन् । अण्डालाई फ्राई गर्दा फ्याट तथा कोलेस्ट्रोलको मात्रा बढ्छ । विशेषगरी मायोनिज तथा हआइसक्रिममा हालेर काँचो तथा हल्का तरिकाले पकाइएको अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कसैलाई फुड प्वाइजनिङको डर छ भने त्यस्ता व्यक्तिले अण्डालाई राम्ररी पकाएर पनि खान सक्छन् ।
अण्डालाई कसरी स्टोर गर्ने ?ः अण्डा किन्दा कहिल्यै पनि फुटेको अण्डा किन्नु हुँदैन । यसमा माटो वा व्याक्टेरिया छिर्ने खतरा हुन्छ । त्यसैले, अण्डालाई फ्रिजमा छोपेर राख्न विज्ञहरू सल्लाह दिने गर्छन् । अण्डाको सेतो भागलाई बट्टामा बन्द गरेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ । अण्डाको भित्री पहेँलो भागलाई भने तीन दिनसम्म मात्र सुरक्षित राख्न सकिन्छ । अण्डा ताजा छ कि छैन भन्ने कुरा विभिन्न तरिकाले पत्ता लगायत सकिन्छ । एउटा भाँडोमा चिसो पानी लिएर त्यसमा अण्डालाई हाल्दा पनि यो कुरा पत्ता लाग्छ । अण्डालाई चिसो पानीमा हाल्दा अण्डा डुबेमा त्यो ताजा हो भने नडुबेमा बासी हो । सामान्यतः एउटा कुखुराले अण्डा पारेको २८ दिनसम्म उक्त अण्डा खानयोग्य रहन्छ । कतिपय व्यक्तिहरूलाई अण्डाको एलर्जी हुनसक्छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई यो समस्या धेरै हुने गर्छ । अण्डाको एलर्जी भएमा यी लक्षण देखा पर्ने गर्छ । –बीबीसीबाट