लालबहादुर ऋतम्भरा
डेढ वर्ष बितिसकेछ । हिजो जस्तो लाग्ने अधिवेशन र हामीमा आएको जिम्मेवारी, अहिले फरक सन्दर्भ र परिस्थितिमा बदलिएको छ । करिब डेढ वर्ष अगाडि २०७३ पुष ९ गते हामी नेकपा (एमाले) बागलुङले नवौं जिल्ला अधिवेशन गर्दै गर्दा राष्ट्रिय राजनीतिमा धुव्रीकरण बढ्दो थियो । संविधान संसोधनको पक्ष र विपक्षमा संसद बाँडिएको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको सत्ता गठबन्धन चलिरहेको थियो । प्रधानमन्त्रीको रुपमा क. प्रचण्ड सरकारको मोर्चाबाट संसोधनको पक्षमा थिएभने प्रतिपक्षीयको भूमिकामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसोधन प्रस्तावका विरुद्ध संघर्षरत थिए । त्यसको ठीक १७ महिनापछि नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । समय धेरै बलवान छ । समय, परिस्थितिले विपरित जस्ता देखिने वामपार्टीहरु एक ठाउँमा उभिएका छन् । घटना, वस्तु र पात्रलाई गतिमा बुझ्नुपर्छ भन्ने माक्र्सवादको अन्र्तवस्तु अनुरुप बद्लिएका छन् सम्बन्ध र बुझाईहरु । यो धेरै खुसीको क्षण हो । यो ऐतिहासिक परिघटना हो, जसलाई इतिहासमा पटक–पटक स्मरण गरिनेछ ।
पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टीको सदस्यको रुपमा पार्टीसँगै बद्लिएको छ, हाम्रो परिचय र भूमिका । यो सुखद क्षणमा सम्झनामा आएका छन् विगत र सचिवको रुपमा रहँदाको कार्यकाल । किनकी विगतसँग हुन्छ आगतको ताल्चा चाबी । विगतसँग हुन्छ आउने दिनका पुर्वानुभूति । विगतसँग हुन्छ केही सुखद अनुभूति जसले दिन्छ उर्जा र प्रेरणा । विगतसँग हुन्छ केही दुःखद क्षणहरु जसले दिन्छन् शिक्षादिक्षा । विगत फर्केर हेर्दा यस्तो लाग्छ, केही त ग¥यौ, यस्तो पनि लाग्छ, गर्न कति धेरै बाँकी छ । जेहोस् विगतलाई सम्झेर साझी राखेर आगतलाई हेर्दा अलि परसम्म हेर्न सकिन्छ, मानौ कि विगत राम्रो दुरबिन हो ।
२०७३ पुष ९ देखि ११ सम्म भनिएको अधिवेशन १३ गतेसम्मै चल्यो । पार्टीको अधिवेशनलाई भव्य रुपमा आयोजना भयो । उद्घाटनमा अध्यक्ष क. केपी शर्मा ओली र बन्दसत्रमा तत्कालीन महासचिव क. ईश्वर पोखरेलको संवोधनले अधिवेशनमा रौनक थपेको थियो । नेतृत्वमा सर्वसम्मतको प्रयत्न किरण गुरुङ, गणेश तिमिल्सिना र जगत विकबाट भइरहेकै थियो । सहमतिका आधारमा चयन हुन नसकेपछि निर्वाचनमार्फत अधिवेशनले क. इन्द्रलाल सापकोटालाई अध्यक्षमा ज्यादै लोकप्रिय मतका साथ चुन्यो । हामीहरु कृष्ण पाठक उपाध्यक्ष, म सचिव र विष्णु भूषाल उपसचिवमा निर्वाचित भयौं । समावेशितालाई ध्यान दिदै गर्दा कमिटी ५९ सदस्यीय बनेको थियो । ७ सदस्यीय जिल्ला निर्वाचन कमिटी र जिल्ला लेखा कमिटी निर्वाचित गरियो । जिल्ला कमिटीको स्वरुप यस्तो भयो– पदाधिकारी–४, खुल्ला सदस्य–९, पुरानै इलाकाका आधार मानी एक÷एक जना गरि १३, महिला–१३, जनजाति–१०, दलित–६, मजदुर–१, अल्पसंख्यक–१, ढोरपाटन–१, बरेङ –१ गरि जम्मा ५९ सदस्य । कमिटीलाई बढ्ता समावेशी बनाउनको लागि विभिन्न क्लष्टर र क्लष्टरभित्र पनि समावेशी प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था मिलाइयो ।
एउटा प्रष्ट व्यक्तित्व र विश्वसनीय छविका कारण इन्द्रलाल सापकोटाको नेतृत्व र सिंगो कमिटीमाथि पार्टी कार्यकर्ताका अपेक्षा बढी नै थिए । पार्टी कमिटीहरुलाई नियमित सञ्चालन, कार्यकर्ताको पंक्तिलाई प्रभावकारी परिचालन गर्दै व्यवस्थापकीय रुपमा पार्टी सुदृढ गर्ने गहन जिम्मेवारी हाम्रो काँधमा आएको थियो । सहमतिका सबै विकल्प सकिएपछि अन्तिम विकल्पका रुपमा निर्वाचनको अभ्यास गरिन्छ । सहमतिका आधारमा जिल्ला कमिटीको नेतृत्व निर्माण गर्ने भरमग्दुर प्रयत्न हुँदाहुँदै पनि आकांक्षीहरुको कारणले त्यो सम्भव हुन सकेन । निर्वाचनमा जाँदा प्रतिनिधिहरुले आफ्नो विवेक प्रयोग गर्न पाउँथे । चुन्न र चुनिन पाउने अधिकारको प्रयोग त हुन्थ्यो । तथापि यसरी चुनिने क्रममा धेरै पुराना कमरेडहरु छुट्नु भयो । धेरै क्रियाशील, भूमिकामा अब्वल सावित हुने कमरेडहरु पनि कमिटीभन्दा बाहिर रहन पुग्नुभयो । कमिटीमा निर्वाचित भएर आउने संख्या जत्तिकै निर्वाचनबाट हारेर कमिटीबाट बाहिरिनेको संख्या पनि थियो । जिम्मेवारी प्राप्त गर्नेहरुकै बीचमा जिम्मेवारीविहिनताको अवस्था पनि आयो । यो विषयलाई सुरु मै हामीले ध्यान दृष्टिमा राख्यौं र पहलकदमी ग¥यौं । तथापि विधिको सीमाभित्र रहेर क्रियाशीलता, क्षमता र भूमिकाका आधारमा बाहिर रहनुभएका कमरेडहरुको आकांक्षालाई समेट्ने प्रयत्न त्यति सजिलो पक्कै थिएन ।
हामी जिल्ला कमिटीको नेतृत्वमा आउँदै गर्दा र केही प्रतिवद्धताहरु राख्दै गर्दा पृष्ठभूमिमा केही यथार्थ, केही मनोगत टिकाटिप्पणी थिए । चुनावी मोर्चामा हार्दै गएको पार्टी । निराशाका बिस्कुन सुकाएर घाम ताप्दै गरेका कार्यकर्ता । आफ्नै गन्थन मन्थनमा सीमित नेतृत्व । अस्तव्यस्त कार्यपद्धति । नेतृत्वमाथि दोषारोपण गरेर चोखिने ध्याउन्नमा प्रतिस्पर्धा । असन्तुष्टिका पोका खोलेर हेर्दा भेटिने टिप्पणीको सारसंक्षेप थिए ती । अपेक्षा राखिएका परिणाम हात नलाग्दा चर्चा सबल पक्षको भन्दा दुर्बलता कै हुन्छ । नेतृत्वमा टकराव र बेमेल भएको, कमिटीहरु अस्तव्यस्त भएको, संयोजन प्रभावकारी नभएको, राजनीतिक, समाजिक फोरमहरुमा पार्टीको भूमिका कमजोर हुँदै गएको जस्ता टिप्पणीहरु सुनिन्थे । मैले माथि नै भने, जे कोण र नियतबाट कुरा आएपनि पार्टीको सवलीकरणमा आफ्नो भविष्य देख्नेहरुको निर्दोष आवाज पनि ती टिप्पणीभित्र अवश्य थिए । कहिलेकाहीँ यस्तो लाग्थ्यो कि समस्याहरु त छन् नै । तर समस्या हाम्रो बुझाई, मानसिकता, खस्कदो आत्मविश्वासमा पनि छ । रेडक्रसको चुनाव, नगर खानेपानी उपभोक्ता समितीको चुनावमा हामीले समर्थन गरेको टिम हार्दै गर्दा कतै हाम्रो आत्मबल र आशावादिता हारेको त होइन । जेहोस् हामीले यी टिप्पणीको बीचमा पार्टी काम उठाउनुपर्ने भयो । अग्रजको भत्र्सना र निन्दाबाट होइन, अग्रजको यथोचित सम्मान गर्दै पार्टी काम उठाउन सकिन्छ भन्ने विश्वासमा हामी जहिल्यै दृढ भयौं ।
पार्टी प्रतिस्पर्धामा हार्न सक्छ । जित–हार स्वभाविक हो, तर हाम्रो लगाव र विश्वास हार्नु हुदैन । परिणाम हाम्रो हात पर्ला या नपर्ला तर हाम्रो कोशिस र मेहेनतले हार्नु हुदैन । यही मान्यतालाई बोकेर अघि बढ्नु नै कम्युनिष्ट कार्यकर्ताको कर्तव्य हो । हामीले पहिलो बैठक पुस १३ मा औपचारिकतामा मात्र सम्पन्न गरेपछि सम्पूर्ण ध्यान दोस्रो बैठकमा केन्द्रित ग¥यौ । दोस्रो बैठकबाटै हामीले पार्टीको आन्तरिक जीवनको व्यवस्थापन, पार्टी कमिटीको नियमित क्रियाशीलता, अनौपचारिक छलफलको आवश्यकतालाई बोध गर्दै अन्य पार्टीहरुसँगको सम्बन्धलाई समधुर बनाउन र विशेषतः वामपार्टी बीचको सहकार्यलाई बढावा दिन लागि प¥यौं । छोटो कार्यकालको बीचमा हामीले गरेका केही कामहरुलाई म संझन चाहन्छु ।
१. सामूहिक नेतृत्वको अभ्यास
सिंगो पार्टीको मूल नेतृत्वमा इन्द्रलाल हुनुहुन्थ्यो । अरु ५८ जना टिमका सदस्य । पछि थपिदा–थपिदा ७४ पुग्यौं । संख्याका हिसाबले जिल्ला कमिटी ठूलो, सदस्यहरुको व्यस्तता । यस्तो अवस्थाको बीचमा कुनैपनि निर्णयमा पुग्न सघन छलफल आवश्यक हुन्छ । त्यसका लागि कि नेतृत्व आफ्नै हठ या एकल सोचमा अघि बढ्छ । कि आफ्नो अनुकूलताको टिम बनाउनुपर्ने हुन्छ, कि बैधानिक संरचनामार्फत नै अघि बढ्नुपर्ने हुन्छ । नेतृत्वले आफ्ना रुची र अनुकूलताको टिम खोज्ने होइन, सिंगो कमिटीलाई आफ्नो अनुकूलतामा बदल्ने साहस गर्नुपर्छ । यस अर्थमा इन्द्र कमरेडको परिपक्कता र आत्मविश्वास उल्लेखीय छ । सबै छलफल बैधानिक संरचनाभित्रै हुन्थे । त्यसैले सबै छलफल पारदर्शी हुन्थ्यो । सामूहिक नेतृत्वप्रणालीलाई अझै सुदृढ गराउन हामी अग्रसर हुन्थ्यौ ।
एकल जिम्मेवारी तर सामूहिक नेतृत्वको आधारमा चल्ने कम्युनिष्ट पार्टीको पद्धति हुँदै हो । तर पनि अभ्यासमा यस्तो कमै मात्रामा देखिन्छ । जसले गर्दा नेतृत्व तहमै असमझदारी बढ्ने स्थिति पैदा हुन्छ । हामीले हरेक निर्णय लिंदा कमिटी, त्यो संभव नहुँदा सचिवालय, तत्काल निर्णय लिनुपर्र्दा पदाधिकारीमा छलफल गथ्र्यौ । यो अभ्यासलाई निरन्तरता दियौं । हामी सामूहिक रुपमा बैठकको पूर्वतयारी गथ्र्यौ । जसले गर्दा बैठक व्यवस्थित, चुस्त र दुरुस्त रुपमा सम्पन्न गर्न सकिन्थ्यो । पूर्व तयारीको अभावमा हामीले देख्ने गरेकै छौ कि बैठकहरु समस्याग्रस्त बन्छन् । विषयबस्तुमा अस्पष्टता सिर्जित हुन्छ । अनिर्णयको बन्दी बन्ने अवस्था आउँछ । हामी यसमा अत्यन्तै सचेत थियौं । हामीले यो छोटो कार्यकालमा ७ पटक पूर्ण बैठक, ८ पटक सचिवालय बैठक र धेरै पटक उपलब्ध कमिटीको बैठक बस्यौं तर कुनैपनि निर्णय लिँदा मत बाझाबाझ र मतदानको स्थितिबाट गुज्रनु परेन । हाम्रा बैठकहरु १ दिन भन्दा बढी पनि लम्बिएन । यसो गरिरहँदा जिल्ला कमिटी अनुमोदन गर्ने कमिटी मात्र होइन भन्नेमा सचेत थियौं । खास निर्णय लिन सक्ने कमिटी जिल्ला कमिटी नै हो, हामी पदाधिकारी बसेर त्यसको सहजीकरण मात्र गर्ने हो भन्ने बुझाईमा प्रष्ट थियौं । विषय र एजेण्डामा मत राख्नलाई हामीले सधै कमिटीका साथीहरुलाई प्रोत्साहन नै ग¥यौ भन्ने लाग्छ ।
२. कमिटीको परिचालनमा विशेष जोड
जिल्ला पार्टी भनेको त्यस मातहतका सबै कमिटी र जनसंगठनहरुको समुच्च रुप हो । जिल्ला पार्टी नेतृत्व आफू क्रियाशील भएर, हामीलाई काम पुगेकै छ भनेर बस्नजस्ु लाचारी मात्र हुन्छ । हामीलाई थाहा छ, थुप्रै प्रयत्नका बाबजुद पनि केही कमिटी र जनसंगठनहरु निष्क्रिय छन् । यो बीचमा हामीले लामो समयदेखि अखिल र युवा संघको नेतृत्व अद्यावधिक भएको थिएन । सामान्य बैठक र छिटफुट भेलाबाहेक सारमा जिल्ला कमिटी काममा थिएन । यो अवस्थालाई मध्येनजर गर्दै पार्टीका खास कार्यकर्ता उत्पादनका कारखानाको रुपमा रहेका यी दुई संगठनको निर्माणमा हामीले जोड ग¥यौं । भव्य रुपमा अखिल र युवा संघको भेला सम्पन्न भयो । नयाँ नेतृत्व चयन भएपश्चात कमिटी गतिविधिमा निरन्तर सक्रिय नै छ । त्यसैगरी मुक्ति समाजको जिल्ला भेला, अनेमसंघको भेला, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका भेलाहरु सम्पन्न भए । पार्टीको तत्कालिन ३ वटै निर्वाचन क्षेत्रका भेला, बैठक तथा अधिवेशन भए । तत्कालीन गाविसहरुमा अधिकांशमा भेला, बैठक भए । तर अधिवेशन अत्यन्तै छिटफुट रुपमा मात्र भए । संघीय स्वरुपसँगै बदलिएका स्थानीय तह गाउँ, नगरपालिकामा तत्काल तदर्थ कमिटी गठन ग¥यौं । गाउँ÷नगरस्तरका १० ठाउँमै भेला ग¥यौं । धेरै कामका चापका बीच फटाफट काम अगाडि बढाउने सन्दर्भमा सिंगो कमिटी सदस्यहरुको सहयोग स्मरणीय छ ।
३. कार्यालय व्यवस्थापन
पार्टी कामको केन्द्र कार्यालय नै हो । कार्यालयको व्यवस्थापनले पार्टी कमिटीको झलक दिन्छ । हाम्रो दस्तावेजीकरण, लेखा प्रणाली, सूचनाको संयोजन र प्रवाहीकरण, अभिलेखीकरणले हाम्रो पार्टीको आन्तरिक जीवनको अवस्थालाई चित्रित गर्दछ । त्यसैले हामीले यो कार्यकालमा कार्यालय व्यवस्थापनलाई पनि त्यत्तिकै ध्यान दियौं । उपयुक्त स्थानमा कार्यालय, कार्यालयको व्यवस्थापनको लागि कार्यालय व्यवस्थापक, राजनीतिक तथा व्यवस्थापकीय कामको लागि कार्यालय सचिव, दोहोरो लेखा प्रणाली, प्रविधियुक्त कार्यालय, पर्याप्त कोठा र हलको व्यवस्थासहितको कार्यालयले मात्रै हाम्रो सम्पूर्ण पार्टी कामको नेतृत्व, व्यवस्थापन र संयोजन गर्न सक्दछ । आर्थिक अभाव र बोझिल व्यवस्थापनका बीच कार्यालयलाई केही व्यवस्थित गर्न सक्र्यौं ।
४. अनौपचारिक छलफल र संवादमा जोड
थुप्रै अनौपचारिक छलफलले उपयुक्त औपचारिक निष्कर्षमा पुग्न सहयोग पु¥याउँछन् । अनौपचारिक छलफलहरु पूर्वाभ्यास हुन् । खेलाडीहरुको सफलता उनीहरुको पुर्वतयारी र मेहेनतमा निर्भर भएजस्तै हामीलाई सही निर्णयमा पु¥याउन अनौपचारिक छलफल जरुरी हुन्छ । विचारका विनिमय, अनुभवको सटही, आफ्ना बुझाईका आदानप्रदानले हाम्रो सोच र चिन्तनको दायरालाई बढाउँछ । हाम्रो ज्ञानको क्षेत्रलाई बढाउँछ । नेतृत्व बीचको असमझदारी, अन्तरविरोधको हल गर्छ । सूचनाको अभावले हुन जाने विरोधाभाषलाई न्युनिकरण गर्छ । यसैले आफ्नो पार्टी भित्रका विषयमा मात्र होइन अन्य पार्टीसँगको सम्बन्धलाई समेत ध्यान दिई अनौपचारिक छलफलमा ज्यादा महत्व दियौं । जसले गर्दा पार्टी नेतृत्व तहमा गंभीर खालका विमति कही पनि आएनन् । यो कार्यकालमा असन्तुष्टीहरु सडकमा पोखिएनन् । अन्य पार्टीसँगको सम्बन्ध पनि अपेक्षाकृत राम्रो भयो । वामपार्टीहरु बीच विश्वासको जग निर्माण भयो । व्यवहारतः हामीले स्थानीय तहको निर्वाचन, जिल्ला समन्वय समितिको निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा देखाउन सक्यौं ।
५. चनावी मोर्चामा एमाले
पार्टी अप्रत्यक्ष रुपमा हाम्रा संगठन र जनसंगठनहरुका चुनावी अभियानमा पनि जोडिने गर्छ नै । जनसंगठनहरुका चुनावी मोर्चामा हुने जीत या हारले पार्टीको निर्माणमा प्रभाव पार्छ । हामी नेतृत्वमा आउनासाथ धौलागिरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भयो । पार्टीले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्दा पनि यो निर्वाचन हाम्रो पक्षमा आएन । यसबाट हामीले शिक्षा लियौं कि विद्यार्थीको चुनावमा मुख्यतः विद्यार्थी नै परिचालित हुनुपर्दछ । अखिलका पछिल्ला गतिविधिमा आएका सुस्तताले विद्यार्थीसँगको जीवन्त सम्बन्ध टुटेको छ । क्याम्पस केन्द्रित गतिविधि शुन्यप्रायः भएको छ । त्यसपश्चात युवा विद्यार्थीहरुलाई गोलबन्द र संगठीत गर्ने काममा पार्टीले विशेष ध्यान दिनुपर्ने पाठ सिक्यौं । स्ववियु निर्वाचन हाम्रो पक्षमा नआएपनि त्यसका लागि पार्टीपंक्ति जुन रुपमा परिचालित भयो त्यसले पार्टी भित्र गति र उर्जा थप्ने काम ग¥यो ।
त्यस्तै केही पेशागत संघसंस्थाका निर्वाचनमा हामीले सफलता पनि हासिल ग¥यौं । त्यसले हामीलाई स्थानीय तहको निर्वाचनमा केन्द्रित भएर लाग्न थप हौसला र वातावरण तयार ग¥यो । ०७४ बैशाख ३१ गते सम्पन्न भएको निर्वाचन हाम्रो अगाडि एउटा अग्निपरिक्षा बनेर आयो । संघीयता कार्यान्वयन पछिको यो निर्वाचन धेरै महत्वको थियो । हाम्रो नेतृत्व यो निर्वाचनलाई पार्टीको पक्षमा पार्न ज्यादै गंभीर र सजगताका साथ लागि प¥यो । हाम्रो वामपन्थी जनमतलाई एकै ठाउँमा गोलबन्द गर्न सक्दा मात्र हामी सबैले जित्न सम्भव हुन्थ्यो । हाम्रो जनमत एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नाममा तीनतिर विभाजित हुँदा त्यसको प्रत्यक्ष फाइदा नेपाली कांग्रेसलाई पुग्छ भन्नेमा हामी सचेत थियौं । त्यसैले थुप्रै जटिलताको बीच, वामपार्टीका स्थानीय तहमा रहेको अन्तरविरोध र अस्वस्थ टकरावको बीचमा हामीले अलि उदारतापूर्वक नै पहल ग¥यौं ।
वामपन्थी दलहरुकै बीचमा केही आग्रह र अविश्वास थिए, तिनलाई हल गर्दै अघि बढ्यौ तर दलभित्रै कै समस्या, आन्तरिक विश्रृंखल अवस्थाले तीन पार्टीको बीचमा चुनावी एकता हुन सकेन । अन्ततः हामी एमाले र राष्ट्रिय जनमोर्चाको बीचमा चुनावी तालमेल भयो । केही स्थानीय तहमा निकै तिक्त्ततापूर्ण सम्बन्धका वावजुद सिंगो बागलुङको राजनीतिक भविष्यलाई ध्यानमा राखी हामीले चनावी गठबन्धन बनायौं । केही छिटफुटबाहेक तालमेल सफल भयो । तालमेल पछिको परिणामले ३ पार्टीकोे एकता जरुरी छ भन्ने कुरालाई पुर्नपुष्टी ग¥यो । तत्कालीन अवस्थामा पार्टीहरुमा रहेका सतही बुझाई, हैसियत र प्रभाव माथिको निरर्थक दाबीलाई छटाछुल्ल बनाइदियो । हामी जे आंकलनमा थियौं, त्यो अत्यन्तै ठीक थियो, हाम्रा दाबी र तर्कहरु सही सावित भए । त्यसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ३ दललाई संगै जान आधार तयार ग¥यो ।
जिल्लाका जम्मा १० वटा स्थानीय तहमा हामीले २ नगरपालिका र २ गाउँपालिका गरि ४ तहमा विजय हासिल ग¥यौं । राजमोले १ तहमा मात्रै जीत हासिल ग¥यो । माओवादीले १ तह र नेपाली कांग्रेसले २ नगर र २ गाउँ गरि ४ तहमा जित्यो । स्थानीय निर्वाचनका कहीकतै छिटफुट रुपमा अस्वभाविक, अवाञ्छित गतिविधि भए । ती घटनालाई पार्टीको निष्ठामाथि आरोपप्रत्यारोप भन्दा पनि स्थान विशेष रुपमा सुक्ष्म ढंगले अध्ययन गर्नुपर्छ भन्ने हाम्रो मान्यता रह्यो । केही अविश्वास र सम्बन्धमा धमिलोपन हामी र राजमोको विचमा देखा प¥यो पनि । तर त्यसलाई संयमताका साथ हामीले व्यवस्थापन ग¥यौं । ०७४ साउन १९ गते सम्पन्न हुने जिल्ला समन्वय समितीको निर्वाचनमा सँगै जाने गरि छलफलमा बस्यौं । त्यहाँ दुवैतिरबाट भएका गल्ती कमजोरीको महसुस ग¥यौ । यस्ता घटना दोहोरिन नदिने, पाठको रुपमा लिने प्रणका साथ स्थानीय निर्वाचनमा कही एक्लै, कही कांग्रेससँग मिलेर निर्वाचनमा होमिएको माओवादी केन्द्रलाई समेटेर जिल्ला समन्वय समितिको निर्वाचनमा संयुक्त प्यानल बनायौं र जित्यौं पनि ।
२०७४ मंसीर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन घोषणा भयो । पहाडी जिल्लाअन्र्तगत हाम्रो बागलुङमा मंसीर १० मा चुनाव हुने भयो । बागलुङ जिल्लाको शक्ति सन्तुलन, विगतका चुनावी आंकलन र विश्लेषणले भन्थ्यो– ‘सबै वाम एकै ठाम’ भएर अघि बढ्नु अनिवार्य छ । सोही अनुसार पार्टी केन्द्रलाई रिपोर्टिङ गर्ने र घच्घचाउने काम ग¥यौं । केन्द्रस्तरमा हामी र माओवादी केन्द्र बीच पार्टी एकतालाई उद्देश्यमा राखेर चुनावी तालमेल भयो तर बागलुङको हकमा राष्ट्रिय जनमोर्चालाई पनि समेट्नु आवश्यक थियो । यो विषयमा हाम्रो ध्यानाकर्षणलाई केन्द्रले गंभीरतापूर्वक लियो । प्रतिनिधिसभाका २ क्षेत्र र प्रदेशसभाका ४ वटै क्षेत्रमा वामपार्टीको जीत सुनिश्चित गर्न सकियो । यसरी हामीले अधिकांश समय निर्वाचन केन्द्रीत अभियानमा खर्चियौ र परिणाम पनि निकाल्यौं । निर्वाचनमा कांग्रेसलाई मात्र हराएनौं, हामीले कांग्रेस हाराहारीको शक्तिको रुपमा एमालेलाई स्थापित गर्न सक्यौं । समानुपातिक मतले प्रष्ट भन्छ, एमालेको प्रभाव र हैसियतमा राम्रो गरि बढोत्तरी भएको छ ।
६. रचनात्मक क्रियाशीलता
व्यापक जनतालाई गोलबन्द गर्ने उद्देश्य राखेको पार्टीले केन्द्रका परिपत्र र निर्देशनमा चलेर मात्र पुग्दैन । अलग खालको सिर्जनात्मकता, रचनात्मक क्रियाशीलताले नै फरक अस्तित्व निर्माण गर्न सम्भव छ । यस दिशामा हामी बढ्ता क्रियाशील हुन प्रेरित भइरह्यौं । बैठक, भेला, कार्यक्रममार्फत हामीले केही नवीनता दिन सकिन्छ कि भनेर सोच्यौं । पुष्पलाल स्मृति दिवस र मदन–आश्रित स्मृति दिवसलाई महत्वका साथ मनाउनु पर्छ भन्ने हाम्रो ठम्याईसहित कोशिस ग¥यौं । रिपोर्टिङ प्रणालीलाई व्यवस्थित गर्ने, सबै कमिटीहरुको लेखा प्रणालीलाई व्यवस्थित गर्ने कामको थालनी मात्र गर्न सक्यौं । जनसंगठनका काममा बढ्ता ध्यान केन्द्रीत ग¥यौं । पार्टी सदस्यता वितरण र नविकरणमा केही नवीन सोच ल्यायौ तर कार्यान्वयन तहमा पुगेनन् । निर्वाचनमा पार्टीका पक्षमा माहोल सिर्जना गर्न संयन्त्र निर्माण गर्ने लगायत सांगितीक कामहरु पनि ग¥यौं, जुन धेरै प्रभावकारी पनि भए ।
विकास निर्माणका काम र योजना पनि दलहरु बीच भागवण्डा या खिचातानीको विषय बन्ने स्थिति विद्यमान थियो र छ । विकासमा एकिकृत योजना बनाउन र साझा पहलकदमीको संस्कार बसाल्न हामी नेतृत्व आएदेखि केही प्रयत्न ग¥यौ । जिल्लामा क्रियाशील प्रमुख पार्टीहरु बीच छलफल र संवादलाई निरन्तरता दियौं । हाम्रै संयोजनमा ३ पटकसम्म दलहरुका बीचमा साझा बसाई भए । यस्ता बसाईलाई निरन्तरता दिने सहमति पनि भयो तर पछि निर्वाचनको होमिएपछि नियमित रुपमा सम्भव भएन ।
स्थानीय निर्वाचन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपश्चात जनता, कार्यकर्ताका अपेक्षा ह्वातै बढ्नु स्वभाविकै थियो । त्यसअनुसार असन्तुष्टीहरु आउने, अन्तरविरोधी कुराहरुले गिजोल्ने स्थिति पैदा भयो । यस्ता समस्याको न्युनीकरण र व्यवस्थापनमा यथाशिघ्र पहल गर्नुपर्छ भनेर हामीले छलफल चलायौं । बैठकमै घनिभूत छलफल गरी जनप्रतिनिधि र पार्टीको सम्बन्ध विषयमा कार्यपत्र तयार गरि संवाद ग¥यौं । कार्यक्रम भएका ठाउँको अनुभवले भन्छ, यसप्रकारको कार्यक्रम ज्यादा जरुरी छ । विघटनको चरणमा संघर्ष बढ्ता जरुरी हुन्छ भने निर्माणको चरणमा संवाद । पार्टी भित्रको जीवनलाई व्यवस्थित गर्न जहिल्यै संवाद जरुरी हुन्छ । यस अर्थमा हामीले सबै स्थानीय तह र वडा स्तरसम्म यो कार्यक्रमलाई लैजानुपर्दछ । व्यवस्थित र सुदृढ पार्टीले मात्र समृद्धिको कार्यभार पुरा गर्न सक्छ ।
७. पार्टीमा प्रवेश र सदस्यताको विस्तार
यो अवधिमा पार्टी प्रवेश पनि उल्लेखनीय रह््यो । अन्य पार्टीमा नेतृत्व तहमा रहेर काम गरेका थुप्रै कमरेडहरु हाम्रो पार्टीमा प्रवेश गर्नुभयो । नेतृत्व तहका कमरेडहरु हुमादेवी खड्का (बा.न.पा ३), रुद्र महत (बा.न.पा ३) देवकुमार नेपाली (बुर्तिवाङ), इन्द्र थापा (पैयुथन्थाप), ऋषिराम रोका (अर्गल), मोहित छन्त्याल (खुङ्खानी), फरिन्द्र थापा (हरिचौर), प्रेम गलामी मगर, झविन्द्र बुढा (जलजला) गरी ९ जना कमरेडहरुलाई जिल्ला सदस्यमा मनोनित गरियो । अरु थुप्रै कमरेडहरु तल्ला कमिटीमा संगठीत हुनु भएको छ ।
यसभन्दा अघि २४०० संख्यामा पार्टी सदस्य थिए भने यो अवधिमा झण्डै २००० पार्टी सदस्य थप गरिएको छ । जनमतको भारको अनुपातमा पार्टी सदस्य अझै बढाउन पर्ने आवश्यकता छ । पार्टी सदस्यता वितरण गर्दा आधारभूत वर्गमा पु¥याउन विशेष जोड दिनुपर्छ । पार्टी सदस्य सम्मलाई सचेतनापूर्वक संगठीत गर्नुपर्ने हुन्छ । पार्टीका विधि, विधानबारे प्रशिक्षित गर्नुपर्ने हुन्छ । कार्यकर्ताको राजनीतिक चेतनास्तरका आधारमा पार्टी सदस्यता वितरण गर्नुपर्दछ ।
यसरी हेर्दा केही काम गरियो, केही कोशिस गरियो तर गर्न धेरै बाँकी छन् । केही प्रयत्न र कोशिस मात्र हुन् यी । हामीले तल्ला कमिटीहरुलाई पनि व्यवस्थित गर्नुपर्ने छ । परिवर्तित कार्यभार अनुरुप कमिटीहरुलाई प्रशिक्षित गर्नुपर्ने छ । गुनासो, आक्रोस बोकेर आउने कार्यकर्तालाई आत्मविश्वासी बनाउनुपर्ने छ । ‘यो भएन, उसो भएन’ भन्दै असन्तुष्टी बाकेर आउने कमिटीका कार्यकर्तालाई ‘हामीले यो ग¥यौं’ भनेर भन्न सक्ने बनाउनु पर्ने छ । हाम्रो बीचमा समस्या धेरै छन् । सरकारमा भएको, सबैभन्दा ठूलो पार्टी भनिरहँदा हाम्रो आफ्नै निजी भवन, कार्यालय छैन । पार्टीको आर्थिक स्थिति सवल हुन सकेको छैन । पार्टी नेता, कार्यकर्तामा क्रियाशीलता बढ्न सकेको छैन । कमिटीका बैठक नियमित हुन सकेका छैनन्, बैठकका कार्यसूचीमा समृद्धिका एजेण्डाले अझै प्रवेश पाएका छैनन् । पार्टीको प्रभाव बढेको छ, आकार ठूलो छ तर छरिएको अवस्थामा छ । त्यसलाई एउटै लय र तालमा केन्द्रीत गर्न बाँकी छ । सबैभन्दा महत्वपूर्ण कुरा त अब विकास निर्माणको कामको नेतृत्व गर्नुपर्ने छ । व्यवस्थित प्रकारको समन्वय मार्फत जनप्रतिनिधिका कामलाई प्रभावकारी तथा परिणाममुखी बनाउन सहजीकरण गर्नुपर्ने छ । केन्द्रबाट अलि ओझेलमा परेको, गतिलो गरी प्रदेशको नजरमा छाउन नसकेको बागलुङको भविष्यलाई बोक्न सक्ने गरि बलिया काँधहरु बनाउन जरुरी छ । यी बाँकी कामले केही जाँगर पैदा गर्छन् मनमा । नेपाल कम्युनिष्ट पार्टीको निर्माणले थप विश्वास र भरोसा थपिएको छ मनमा ।
अन्तमा, जति ग¥यौं पार्टी नेता कार्यकर्ता, जनताको साथ, समर्थन र सहयोगकै तागतमा ग¥यौं । पार्टीमा, जो आफू मेटिएर पनि पार्टी कमजोर भएकोमा चिन्ता जाहेर गर्दै पार्टी काममा अहोरात्र खटेका छन्, जो आफ्ना निजी जीवनलाई तपसीलमा राखेर पार्टी कामलाई शिरोपर गरेर हिडेका छन्, ति कार्यकर्ताकै आस्था र विश्वास हो हाम्रो शक्ति । हामीले गर्न सकेका राम्रा कामका श्रेय उनीहरुलाई नै जान्छ । जे गर्न सकेनौं, जे गर्न बांकी छन्, जे गर्नुपर्ने छ, तिनै कामले हामीलाई अघि बढ्न प्रेरित गरिरहनेछन् ।