बागलुङ, ७ जेठ– जिल्लाको काठेखोला –६ बिहुँमा शनिबार करेन्ट लागेर मृत्यु भएका दुई युुवतीहरुका परिवारलाई नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले ५÷५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । आईवार पिडितपक्ष र प्राधिकरणका बिचमा नियम अनुसारको क्षतिपुर्ति दिने सहमती भएको हो । पिडित र प्राधिकरण बिचको छलफलमा स्थानिय काठेखोला गाउँपालिका पधाधिकारी र प्रदेशसभा सांसद समेत सहभागी रहेका थिए ।
पटक पटक गाउँपालिका तथा वडा कार्यालय विद्युत्तिय पोल तथा हाइटेन्सन लाइनमा जाने तार मर्मत गर्न प्राधिकरणलाई आग्रह गरेपनि नमानेका कारण घटना हुन पुगेको भन्दै स्थानियले लिखित रुपमानै प्राधिकरणले गल्ती स्वीकार गर्नुपर्ने बताएका थिए । आईवार भएको छलफल बाट लिखितरुपमा प्राधिकरणले गल्ती स्वीकार गर्ने, नियम अनुसारको क्षतिपुर्ती उपलव्ध गराउने लगायतका सहमती भएको प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताए । दुवै पक्षका बिचमा सहमती भएपछि आईतवारनै युवतीहरुको सवलाई धौलागिरी अञ्चल अस्पतालमा पोर्टमाटम गरिएको थियो । आइतबार घटनाको समिक्षा, मृतकका परिवारलाई दिइने क्षतिपूर्ति कसरी बढि दिलाउने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा छलफल भएको थियो ।
घटना प्रति आफन्तलाई चोट परेकाले अधिकतम क्षतिपूर्ति दिलाउने गरि छलफल भएको निमित्त प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेले जानकारी दिए । शनिवार दिउँसो घाँस दाउरा गर्न नजिकैको जंगलमा पुगेका बिहुँका निसा कँडेल र गुमा कँडेलको करेण्ट लागेर मृत्यु भएको थियो । शनिवार दिउँसो मृत्यु भएका दुवै युवतीको क्षतिपुर्तीको माग गर्दै परिवारले शव उठाउन मानेको थिएन् । आईतवारको सहमती पछि उनिहरुको परिवारले दाह संकार गरेको छ ।
Previous Articleप्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमण कार्यक्रम अस्वीकृत
Next Article स्वायत्त क्षेत्र घोषणा गर्न सिफारिस