रामकृष्ण शर्मा
विषय प्रवेश
नेपालमा कम्युनिस्ट विचार मन पराउनेहरुका लागि नेपालमा पुर्नजागरणको युग शुरु भएको छ । वा अर्को अर्थमा भन्नु पर्दा बेलायतमा पुर्नजागरणको समयमा उनीहरुले वाईवलको आधारमा भगवानबाट शासित हुन छाडेर आफुनै भगवान भएको घोषणा गरे । वा मानव नै भगवान हो भने । यो दृष्टान्त नेपालमा कम्युनिस्टले सोच्ने होभने आधुनिक नेपालको निर्माता हुने ठुलो अवसर प्राप्त भएको छ । त्यो हालका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डदेखि सामान्य संगठित सदस्यसम्म । पुरा क्षमतामा यदि नेपालको निर्माणमा लाग्ने होभने पछिल्लो समयमा उदाएका नेताहरु सिंगापुरका लिक्वान यु हुन् वा चिनका माओ र देङ् साई पीङ वा मलेसियाका मोहम्मद महाथिर नेपालमा भेटिने छन् । उनीहरुनै पछिल्ला सबै नेताभन्दा शक्तिशाली हुनेछन् । अर्कोतर्फ कम्युनिस्ट आन्दोलनको ७० वर्षे इतिहासमा यो एक सुनौलो घडि हो आफ्नो कार्यनिती लागु गर्ने र धेरै योद्धाहरुको सम्मान गर्ने अनि नेपाली मनलाई ढाडस दिने वा परिवर्तनको कम्युनिस्ट स्वाद चखाउने । जे होस् अहिले वि.स. २००६ सालमा गठित दलले आफ्नो जीवनको ७० वर्ष पार गरेको छ । अनि एक युगमा एक दिन परिवर्तनको आशा बोकेर आएको छ । यसले नेपालको राजनीतिमा मात्र होईन विश्व कम्युनिस्ट आन्दोललाई एउटा दिशा दिने छ । विश्वमा आशा जगाई दिने छ । यो हुँदा–हुँदै पनि अहिले यो एकिकरणका बीचमा केही प्रश्नहरु छन् । यि एकीकरण भएका दलका ठुला नेतादेखि संगठित सदस्यसम्म र अनि शुभेच्छुकसम्म पनि यसको समयमै निराकरण गर्नु र आशाको किरण छर्नु अहिलेको आवश्यकता हो । यसमा सबैको प्रतिवद्धता आवश्यक छ ।
एकीकरणपछि उठेका सवालहरु
१. यसले दिन खोजेको परिवर्तन के हो ? कम्युनिस्ट शासन नै हो वा होईन ः
नेपाललाई धेरै पटक स्वीजरल्याण्डसंग होस् वा अन्य कुनै विकसित मुलुकसंग नजोडिएको होईन । हुन त विकासको विषयमा धेरै पटक चीन र भारत नजिक रहेपनि उनीहरुको कार्डको आधारमा विकासको योजना नबन्ने गरेको पनि होईन तर पछिल्लो समय नेपालका नेताहरुलाई सिंगापुरमा ३१ वर्ष शासन गर्ने शासक लिक्वान यु जस्तो नेता बन्न वा दललाई खोज्न नागरिक स्तरबाट आवाज नआएको पनि होईन । अहिले विशेष गरि नेपालमा कम्युनिस्टले सत्ता संचालन गरि रहँदा माओको आत्मसाथ गर्ने हुन् वा देङ्साई पिङ्ले चिनमा ८० को दशकमा गरेको परिवर्तनको बाटो पो अवलम्वन गर्लान् कि ? भन्ने धेरै संका वा संसय वा आशा प्रकट बेला–बेला हुने गरेका छन् । स्वाभाविक रुपमा नेपालका कम्युनिस्ट समाजवाद चाहन्छन् त्यो पनि एकाईसौं शताव्दीको अझै यसमा पनि प्रतिस्पर्धा वाट श्रेष्ठताको आधारमा भन्नुको अर्थ यहाँ पुरै माओवादको अभ्यास लागु गर्न समयले धेरै कोल्टो फेरिसक्यो वा अर्को शव्दमा भन्दा अहिले त्यो वातावरण छैन । वा साम्यवादको विषयमा अझै कार्यदिशा तय हुन धेरै विचार विमर्श बाँकी छ । यसैले घुमाउरो अर्थमा आधुनिक नेपाल निर्माणका निर्माता बन्नु छ । यो देश र आम नागरिकको संमृद्धिसंग जोडिएको विषय हो । यसमा टेकेर नै अर्को परिवर्तनको बाटो प्रसस्त गर्न सकिन्छ । यो नेपाल कम्युनिस्ट पार्टीको पोल्टामा आईपुगेको छ । यो ७० वर्षका सबै प्रकारका क्रान्तिको उपलव्धी हो । अहिलेको विश्व परिवेश छिमेकी मित्रहरुको अवस्था वा नेपालको अहिले परिस्थितिको आंकलन गर्दा लि क्वालन युको भन्दा उन्नत खालको शासन पद्धतिको आवश्यकता देखिएको छ । सिंगापुरका राष्ट्रनायक मानिने लि क्वान यु ले ३१ बर्षसम्म सिंगापुरका प्रधानमन्त्री रहेका लि क्वानले मुलुकलाई एउटा समुद्री तटीय शहरबाट विश्वकै उदीयमान अर्थतन्त्रको रुपमा परिणत गराएका थिए । लि क्वान सन् २०११ सम्म प्रधानमन्त्रीको रुपमा सक्रिय थिए । सानो टापु मुलुक सिंगापुरलाई विश्वकै समृद्ध देशको रुपमा बदल्न लि क्वानको भुमिका अतुलनीय मानिन्छ । उनलाई सिंगापुरका राष्ट्रपिता समेत भन्ने गरिन्छ । केही आलोचकले भने उनको तनाशाही शैलीलाई खुबै आलोचना गरेका थिए । लि क्वानको पालामा खासगरी मौलिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइएको थियो । यो बाटोबाट अघि बढ्ने मौका धेरै नजिक छ । तर जस्ताको त्यस्तै यहाँ लागु हुने अवस्था छैन र हुनुहुदैन पनि उनले गरेका केहि महत्वपूर्ण आधार भने अपनाउन सकिन्छ ।
भ्रष्टचारीलाई निसाना, नागरिकका लागि उत्साह र प्रेरणाको जर्बजस्ती प्रसार, पेशागत संगठनहरुको निस्तेजिकरण, मजदुर आन्दोलनको व्यवस्थित प्रणाली लगाएतका केहि अनुसरण गर्न सहिने अवस्था हरु छन् । द्धन्द्धात्मक भौतिकवादलाई आत्मसाथ गरेर अघि बढकोले यसमा अझै धेरै वैज्ञानिक आधार र उपायको खोजी गर्नुपर्ने आवश्यकता छ । यो अझै परिस्कृत र समय सुहाउँदो बन्न सक्छ । यसतर्फ अझै धेरै विमर्शको आवश्यकता छ । समृद्धिमा आधारित कम्युनिस्ट समाजवादमा पुग्ने लक्ष्य र योजना निर्माण अहिलेको आवश्यकता हो । यो नै अहिलको बाटो हो ।
२. यो के दुवै दल वा नेपालका सवै कम्युनिस्टहरुको भावनाको कदर गर्न सक्ने ठाउँमा छ र रहला ?
अब उच्च मनस्थिति, अदम्य शाहस र नकरात्मक टिका टिप्पणीलाई पैतालामुनि राखेर अघि बढ्नुको विकल्प छैन । यसैबाट सबै कम्युनिस्ट सदस्य वा नेपाली मनको भावनाको कदर हुन्छ । यो नेपालको ईतिहासमा भिमकाय पाटी हो । यहाँ धेरै भावनाको कदर हुनु पर्ने र सोही अनुसारको व्यवहार प्रर्दशित हुनु आवश्यक छ । समग्र विश्वलाई नै एकपटक यो एकीकरणले सायद आश्चर्य पारेको हुनुपर्छ । यो पनि हुन सक्छ र भन्नेहरुलाई कतै सपना जस्तो त कतै यो केहि दिनको लागि जस्तो देखिन सक्छ । तर नेपालका कम्युनिस्टहरु धेरै पटक फुट र गुटको छहरामा छाटिएर समुन्द्रमा पुगेको सालिन सलक्क परेको ढुङ्गा जस्तो बनेका छन् । अर्कोतर्फ ७० वर्षको लामो संघर्ष, बलिदानी र बहसले यो ठाउँमा पु¥याएको हो । यसैले यसमा सहभागि दल वा यसका नेता कार्यकर्ता धेरै कठोर यात्रामा निस्किएका सिपालु यात्री बनेका छन् । यसले एक अर्कालाई सदा सहयोग पुग्ने र पु¥याउने गरि । यति भनिरहँदा साँच्चै सबै यस्तै होलान् त ? भन्ने विषयमा धेरैका प्रश्न उठेका छन् । नौ जनाको स्टेरिङ कमिटिमा किन केहि नेता अटाउने ? किन उनीहरु नअटाउने यो अन्याय भयो वा समावेशिता किन मिलेन वा दुई नेताले गरेर सबै हुने हो वा त्यस्तो भेला वा मास घोषणा आवश्यक थियो । यस्ता क्रिया प्रतिक्रिया नआएका पनि होईनन् । तर कम्युनिस्टहरु गतिशिलता रुचाउँछन् अनि उनीहरु यथास्थितीमा रमाउन मान्दैनन् । यसलाई आत्मसाथ गर्ने होभने यो एउटा प्रयोग हो अझै राम्रो उपलव्धी हासिल गर्नको लागि । यसमा रहेका केहि व्यक्ति वा पात्र वा प्रवृतिले अबको बाटो धमिल्याउन सक्दैन । यो आत्मसाथ गरेर अघि बढ्नुको विकल्प छैन । अध्यक्ष ओलीले हिन्द महासागर बनेको बेला बाग्मती खोज्नु र अध्यक्ष प्रचण्डले तरेको पुल काटिईसक्यो अब अघि बढ्नुको विकल्प छैन भन्ने भनाईले यो पुस्टि गरेको छ । कार्ल माक्सले प्रतिपादन गरेको द्धन्द्धात्मक भौतिकवादले नेपाली कम्युनिस्टहरुको बनोटमा यु टर्न गरेको छ । टुट–फटलाई द्धन्द्ध मानेको देखिने परिस्थितिबाट एकता र विजयउन्मुख यात्रामा अघि बढ्नेसम्म ।
३. यसो गर्नु नै पर्ने कारण के ?
नेपालमा राणा शासनको अन्त्यपछि राजनीतिक दलहरुको गतिविधी व्यापक हुन थाल्यो । जसले दलगत मत तयार ग¥यो । यो धेरै लामो समय टिक्न सकेन । तरपनि मत शुसुप्त रुपमा रहि रहयो र नागरिक स्वभाविक रुपमा स्वतन्त्रता चाहने प्राणी हो । यसैले यहाँ राजा महेन्दको दमन कालमा पनि राजनैनिक गतिविधी चलि रहे जो नेपालको राजनीतिक ईतिहास धेरै उतार चढावपूर्ण रहयो । २०३६ सालमा पुरा हुन नसकेको क्रान्तीको बाँकी भाग पुरा गर्न २०४७ साल कुर्नुप¥यो । त्यस पछिको दलगत विकास ज्यादै तिव्र गतिमा विकास भयो । जो २०७५ सम्म आईपुग्दा कांग्रेसको बहुमतको सरकार, सरकारसंगै संसदको विघटन, एमालेको अल्पमतको सरकार, माओवादी जनयुद्ध, संसद पुर्नस्थापना, संविधान सभाको पहिलो र दोश्रो निर्वाचन, संविधान निर्माण, आम स्थानिय तह, प्रदेश र संघको सबै निर्वाचन सम्पन्न भएका छन् । यसबाट विशेष गरि नेकपा एमालेलाई अल्पमतको सरकार निर्माण गर्ने अवसर होस् वा फुटको संघार वा तेश्रो दल वा दोश्रो र अहिले पहिलो सबै महशुस वा भोगाई संगालेको पाको पाटी बनाएको छ । अर्कोतर्फ माओवादी केन्द्र जसको युद्धबाट सत्ता प्राप्तीको बाटो, देशको पहिलो दल, तेश्रो दल जस्ता धेरै सिकाई र अवस्थाबाट गुज्रेर यो ठाउँमा आउँदा पाको र जिम्वेवार दल बनायो । यो भन्नुको अर्थ दल अमुक मात्र होईन त्यसमा रहेका सवै नेता कार्यकर्ता अनि आमनेपाली नागरिकले बुझ्ने गरि त्यो महशुसिकरण भएको छ । यसले यि दलका नेता अध्यक्ष जसले पार्टीको सम्पूर्ण नेतृत्व गरि रहनु भएको छ उहाँहरुलाई यो ठाउँमा पुग्न बाध्य बनायो वा अवसरको सृजना गर्ने ढोका आफै खोल्ने मन जगायो । सबै खालका अवस्थाको सामाना गरेर अब एक सुनौलो ढोका उघे्रको छ । जुन आधुनिक नेपालका निर्मता नेताद्धय वन्ने वा उहाँहरुले हाँकेको पार्टीले यो देशको युगिन निम्वेवारी निर्वाह गर्ने । यो यदि दुई नेता वा पार्टीले नगरेको भए यो देशमा कुनै न कुनै शक्ति वा दलले अवस्य गर्नेवाला थियो यो केहि समयको ढिलो चाँडो किन नहोस् । यसैले यो युगिन महत्व र समयको मागलाई वुझेर गर्नुनै पर्ने कामको ढोका खुलेको छ । त्यससैले जानेर वा नजानेर वा महशुस भएर वा नभएर गर्न सकेर वा नसकेर चाहेर वा नचाहेर यो महान अभियानको यात्री बन्नुको कुनै नेपालीलाई विकल्प छैन । यसैले यो हामै्र पालामा हाम्रै पहलमा र हामै्र पार्टीले गर्नु कम्युनिस्ट हरुको सपना साकार भएको हो । यसैले यो हुनु थियो आजै हुनु थियो अहिले नै हुनु थियो भयो यसलाई सफल बनाउनु तपाई हाम्रो दायित्व हो ।
४. यसले एमालेको र माओवादीको झनै ठुलो क्षय हुँदैन वा नहोला भन्ने आधार के ?
कुनैपनि व्यक्ति प्राकृतिक रुपमै कुनै खास काम वा प्रयोजनका लागि जन्मेको हुन्छ । उसले अनुभुत गर्न सके त्यो फत्ते गर्न सक्छ नत्र उसको विलय स्वभाविक छ । संसारमा कुनैपनि चिज वा प्राकृतिक वा कृतिम व्यक्ति सधै सत्ता वा शक्तिमा रहिरहदैन । यो प्रकृतिको नियम हो । अवसर वा परिवर्तन त्यसैको एक उन्नत रुप हो जसले त्यसको उपयोग गर्छ उहि त्यसको हकदार बन्छ । अब हामीले यसरी बुझौ एमाले वा माओवादी केन्द्र वा अन्य कुनै दल कुनै मिशन सकिदा उनीहरुको क्षय असम्यभावी छ । आर्जित शक्तिलाई प्रयोग गर्दा वा नगर्दा दुवै अवस्थामा त्यो सकिन्छ, नास हुन्छ, विलिन हुन्छ । तर त्यसको सही प्रयोगले इतिहास बदल्न सक्छ । विश्वलाई सिकाउन सक्छ । यस्ता विषय कहिले पार्टीगत रुपमा वा कहिले व्यक्ति विशेषमा वा कहिले देशकै रुपमा प्रकट हुने गर्दछ । धर्म मान्नेले भगवानको महिमा होस् वा दर्शन मान्नेले कार्ल माक्र्स वा अन्य कुनै । पछिल्लो समयमा चिन वनाउने माओ र माओवाद वा कम्युनिस्ट, भारत स्वतन्त्र गर्ने माहात्मा गान्धी, आधुनिक मलेसिया बनाउने महोम्मद महाथिर, सिंगापुरका निर्माता लि क्वान यु वा यस्तै धेरै । अब नेपाल एकिकरण गर्ने पृथ्वी नारायण शाहको उपदेयता त्यहि एकीकरणमा सकियो, दमनकारी निरङ्कुश साशन संचालक राजाहरुका उपदेयता त्यहि सकियो, निर्दलिय व्यावस्था चलाउदा राजा महेन्द र त्यसलाई सपार्न खोज्दा पुस्पलाल श्रेष्ठ र नेता विपी कोईरालाको उपदेयता सकियो । पछिल्ला परिवर्तनलाई संस्थागत गर्ने विषयमा मदन भण्डारी, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोईराला लगायतको उपदेयता खोजियो र अब पालो केहि अद्धितिय नेताहरुको खोजी छ । त्यस्ता दलको खाँचो छ, पुरा गर्न सक्दा सम्झन लाएक बन्छन बाँकी प्राकृतिक रुपमै विलय कसैले रोक्न सक्दैन । अब एमाले भएकोमा वा माओवादी भएकोमा वा त्यसको कुनै अमुक पदमा रहेकामा हुने खुसी वा रोदनले कुनै अर्थ र तुक राख्नैन । अर्थ त त्यति बेला राख्छ यो परिवर्तलाई उचाईमा पु¥याउँदा वा यसको स्वरुपलाई पोलिस लगाएर चम्काउँदा मात्र । यसैले कुनै विगतको चिजलाई सम्झेर क्षय वा भय पाल्नु आफ्नै व्यक्तिगत वा संस्थागत वा सम्पूर्ण रुपमा नास हुनु हो । भविश्यको शुन्दर सपना देख्नेले मात्र साँचो अर्थमा जिवन जिउन सक्छ । नकि गएको वितेको यादले । अब बनेको नेपाल कम्युनिस्ट पार्टी नै सबै अर्थमा देशको आम नागरिकको आशा भरोसा र विश्वासको आधार हो । यसबाट हुने संभावना भन्दा धेरै कुनै पनि टुक्रे दलबाट प्राप्तीको संभावना हुदैन । चुनावबाट नै दुई तिहाई नजिक पुगेको दल, प्रदेश र स्थानिय सरकारमा करिव दुई तिहाई भएको बेला अब असम्भव भन्ने विषय कुनै रहने छैन । ईच्छा शक्तिको खाँचो हो र आम नेता कार्यकर्ता आम नागरिकको उन्नत सहभागिताको आवश्यकता हो ।
५. यति ठुलो लक्ष प्राप्तीको लागि खै त योजना ? संगठनात्मक पद्धतिको खाका अनि समृद्धिको बाटो ?
यो अहिलेको आम कम्युनिस्ट पार्टीका कार्यकर्ता वा आम नागरिकको प्रस्न हो । नेकपा एमालेले स्थानिय तह देखि केन्द्र सम्म चुनावमा परिणाम हासिल गरि सके पछि उसले चलाउने राज्य सत्ता अन्य दलले चलाएको भन्दा किन फरक हुन सकेन भन्ने प्रस्न पार्टी पंक्ती भित्र व्यापक उठ्यो यो माओवादी केन्द्रमा पनि पनि पक्कै उठेको हुनु पर्छ । पार्टीले उठाउर जितेका सवै जनप्रतिनिधीहरुले पाटीको कुन विधी अन्तरगत काम गर्ने, उनिहरुले गरेको कामलाई अनुगमन गर्ने को वा जनपक्षीय काम भयो भएन त्यासको अनुगमन वा निर्देशन दिने को । पार्टी फस्ट हो की सत्ता वा त्यहा पुग्ने व्यक्ति के पार्टीको निर्देशन मान्नु पर्दैन । त्यो वार्ड अध्यक्ष देखि अहिलेका प्रधान मन्त्री सम्मले । यी यावत प्रस्नहरु उठीरहँदा सत्ता प्राप्ती सम्म ठुलो योजना वनाएर लागेका कम्युनिस्ट पार्टीहरु सत्ता प्राप्ती पछी के गर्ने र त्यो सत्तालाई दिगो र आम नागरिकको भावना जित्ने गरि कसरी चलाउने भन्नेमा अन्योल ग्रस्त देखिए । यसलाई समयमै ध्यान पु¥याउनु पर्ने अवस्था छ र थियो । उता सामान्य देखि सामान्य सम्मका राजनितिक नियुक्ति र सल्लाहकार नियुक्ति सम्ममा मत वाझिने अवस्थाले पार्टी भित्र विधिको अवलम्वनको टड्कारो खाँचो देखिएको छ । यो अवस्थामा कतै हिरोईजम खोज्ने वा कुनै मन्त्री वा कुनै स्थानिय सरकार प्रमुख वा प्रधान मन्त्रीले मिराकल गर्ने अड्कल वाजीमा पनि सत्ता संचालन नभएको भने होईन । उता सत्ताको वागडोर सम्हालेकाहरुका समस्या अवस्था के छ ? यो अवस्थामा समेत चासो राख्ने र समाधानको पहल गर्ने को ? अव यि र यस्ता अवस्थाका वाफजुत नेपाल कम्युनिस्ट पार्टी निर्माण हुदा केहि निराशा कतै संकोच अवस्य देखिएको छ । यो समयमा स्पष्ट खाका खोज्न धेरै कठिनाई देखिएको छ । तर अव चिनमा अभ्यास हुने पार्टी फस्टको सिद्धान्त र त्यसको विचार धारा वा कंग्रेसमा पारित निती सत्तामा लागु गर्ने अभ्यास कति सम्म सफल हुनेहो त्यसको लागि राम्रो वहसको थालनीको आवश्यकता छ । अर्को तर्फ प्रजातान्त्रिक मुलुकहरुमा लागु भएका सरकारी विधि जो जुन सुकै दलआए पनि त्यती तात्वयिक फरक हुँदैन कार्यान्वयनको शिलशिला वाहेग । यस्ता विधिको विषयमा राम्रो वहस छलफल आवश्यक छ । यदि विधिवत तवरले जाने हो भने वन्ने संगठनात्मक पद्धति, नेतृत्व विकासको चरण र अभ्यास यसले पुरा गर्नुपर्ने कोर्स यसमा धेरै ध्यान दिनु आवश्यक छ । अहिले निधाएको स्कुल विभाग र नेपालमा निर्माण भएको पाठ्यक्रममा नै धेरै परिवर्तनको आवश्यकता छ । नेकपा एमालेले भनेको सुखि नेपाली संमृद्ध नेपालको नारा अवको साझा नारा हुने विषय अनि त्यसका लागि अवलम्वन गरिने मार्गको विषयमा नागरिक स्तर सम्म वुझने गरि वहस गर्नु आवशस्यक छ । जबकी नेपाली कांग्रेसले गर्ने अफवाहबाट बच्दै समृद्धिको बाटोबाट समाजवादमा पुग्ने वाटो तय गर्नु त्यती सजिलो छैन । तर नगरि हुदैन । यो अहिले नै वनि नहाले पनि यसको विषयमा हाम्रो अब बन्ने पार्टी वैचारिक विश्वविद्यालयमा यसको निर्माण हुनु आवश्यक छ । आफ्नो सिद्धान्त नभेटिदा संगै हराएको राप्रपा अनि कांग्रेस जस्तो अवस्था नेकपा नदेखियोस् भन्ने आम कार्यकर्ताको चाहना प्रकट भएको छ । जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलिय जनवाद धेरै वैज्ञानिक दर्शन रहेको छ । यसलाई अझै परिस्कृत वनाउन तत्कालिन माओवादीले अवलम्वन गरेको एक्काईसौं सताव्दीको जनवादको विषयलाई पनि समेटेर अबको कार्यनितिक पाटो निर्माण गनु सकिन्छ । यस विषयमा तत्काल वैचारिक वहस थाल्नु आवश्यक छ । यसले नै संगठनात्मक संरचना नेतृत्वको विकासक्रम अनि सत्ता संचालनको विधी तय गर्न सहज हुने छ ।
निचोडः विश्व परिवेशमा तरंग उत्पन्न गराउदै जुन एमाले माआवादी केन्द्र एकिकरण भयो र नेपाल कम्युनिस्ट पार्टी निर्माण भयो । यो एक मिराकल भयो केपी ओली र प्रचण्डको हिरोईजम उत्कर्षमा पुग्यो । तर यसले मुर्त रुप र आम नेता कार्यकर्ताको अनि आम नागरिकको भावना यति बेला जित्ने छ यो पक्कै आधुनिक नेपाल निर्माणको बाटोमा लाग्यो भन्ने विश्वास आर्जन गरेमा । भन्नुको अर्थ नागरिकमा अहिले संमृद्धिको हुटहुटी चढेको छ । यो कुनैपनि वादबाट किन पुरा नहोस् यसको उचित उपयोग अहिलेको नेपाल कम्युनिस्ट पार्टीले गर्न सक्नुपर्छ समृद्धिको बाटो भएर समाजवाद पुग्न ।