बागलुङ, ६ जेठ– नेपाल कम्युनिष्ट पार्टी एमाले र माओबादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि दुवै पार्टी संगठनको तल्लो तहसम्म खुसीयाली छाएको छ । दुई ठूला कम्युनिष्ट पार्टी एक भएर नेकपा गठन भएको खुसीयालीमा शनिबार बागलुङ बजारमा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका नेता इन्द्रलाल सापकोटाले नेपालमा रहेका दुई कम्युनिष्ट पार्टीबीच भएको एकताले विश्व कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक उपलव्धी भएको बताए । अन्तराष्ट्रिय रुपमा तरङ्ग ल्याउने गरि भएको एकता नेपाली जनताको चाहना अनुसार काम गर्ने उनले बताए ।
कम्युनिष्टहरु मिलेर देशलाई समृद्ध बनाउन जनताले दिएको जनमतलाई अवसर चुनौति दुवै रुपमा लिएको भन्दै सापकोटाले ‘कुनैपनि परिस्थितिमा जनताको समृद्धिको सपना माथि कुठराघात हुन नदिने बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता राजिव घिमिरेले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमा पुर्बनेकपा एमाले जिल्ला उपाध्यक्ष कृष्ण पाठकको अध्यक्षता, पुर्बनेकपा एमाले जिल्ला सचिव लालबहादुर थापाको संचालन तथा पुर्वनेकपा माओवादीका कार्यालय सचिव चन्द्रबहादुर थापा शिखरको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
Previous Article५५ घण्टाका मुख्यमन्त्री यदियुरप्पाद्वारा राजीनामा
Next Article किन र कसका लागि कम्युनिष्ट एकता