कृष्णराज शर्मा
जीवन र जगतका बारेमा धुरन्धर विद्वानहरूले प्रवचन गरेको सबैले सुनेका छौं । बिषद ब्याख्या गर्छन् उनीहरूले । यो जीवन र जगतको सम्बन्धको ब्याख्या स्वर्गलोक र ईन्द्रलोकमा उती जरूरी छैन । छ त, इहलोकमा छ । अन्यत्र बढी खोजी अनुसन्धानको जरूरी पनि छैन । यही लोकमा जीवनको प्रयोजन र प्रयोग हुन्छ । भनिएका लोकहरू त हाम्रा आस्था र विश्वास हुन् । आस्था र विश्वास जीवन होईनन् । जीवन त कर्म हो । कर्ममा जीवन छ ।
आस्था र विश्वास जीवनका आधार हुन् । पानीले जीवन दिनु र पानी आँफैले जीवन ज्यूनु फरक कुरा हुन् । घाँटी भिजाउने पानीले जीवन दिन्छ । उर्लेर बाढी बनेर आएको पानीले आफ्नो जीवन ज्यूँछ । जीवन देखाउँछ । आस्था कालीगण्डकी गँगा माता हुन् । कालो खोला गण्डकीको जीवन हो । हावा के हो ? श्वास बनेमा आस्था हो । विश्वास हो । आँधी बनेर आउनु उसको जीवन हो । सूर्यको उपयुक्त आर्द्रता आस्था हो । सूर्यको आस्था कायम नहुँदा जीवन हो । देवता हो । त्यसैले,आस्था मार्ग हो ।
जीवन राजमार्ग हो । आस्थाले नैतिकता निर्माण गर्छ । जीवनले कर्म बताउँछ । कर्मका कारण जीवन सार्थक र निरर्थक हुन जान्छ । सार्थक जीवनमा शान्ति हुन्छ । निरर्थक जीवनमा हिंसा उद्वेलित हुन्छ । जीवका यि जीवनमा शान्ति र हिंसा उसैभित्र निहीत हुन्छन् । फलस्वरूप शान्ति प्रतिशान्ति र हिंसा प्रतिहिंसा देखा पर्दछ । मानव जीवनमा यि दुवैखाले प्रबृत्ति उदबोधन भैदिन्छन् अथवा हावी भैदिन्छन् । मान्छेको जीवनमा जुन कुराले पेल्छ,त्यही कुरा बाहिर प्रकट हुन्छ । यो मानव सरोकारको विषय हो ।
मानव सरोकारमा दुई बनावट हुन्छन् । एक,पौरूष । दुई, नारी । यि दुवैको बनावट नित्तान्त फरक छन् । फरक फरक बीच एक हुनु असंभव छ । तर संबन्ध र सम्झौताले एक बन्न मद्दत गरेको मात्र छ । त्यो पनि क्षणभंगूर छ । सदा यि दुई अलग चीज हुन् । यिनलाई सुप्रबन्ध गर्न नसक्दा मानवीय संकट पैदा हुन्छ । पुरूष र नारी बीच बैमनस्यता खडाहुन्छ । यही बैमनस्यता नारी पुरूष दुवैका हिंसाका शुक्रकीट् हुन् । बैमनस्यताको समागम् बाटै हिंसाको बीजारोपण हुन्छ । यो सबैलाई थाहा भएकै कुरा हो । कुनै नौलो चिन्तन होईन ।
यहाँ पुरूष हिंसाले थलिएको समाज हेर्न खोजिएको हो । स्वभावैले महिलाहरूको स्वास्थ्य फरक छ । महिलाहरूमा प्रजनन क्षमता विशिष्ट पाटो हो । महिलाले आफ्नो जीवनमा पटक पटक शरिर भत्काउन विवश हुन्छन् । बाध्य हुन्छन् । त्यो पुरूषको हकमा हुनै नसक्ने प्रकृति छ । यसले गर्दा सदा महिलाहरू प्रति मायाँ र सहानुभूती रहनु स्वाभाविक हो । संसारभरिका महिलाहरूका प्रति यो भावना पुरूषहरूमा जाग्छ । नारी पुरूषको एकाकार नभए संसार पनि चल्दैन । देऊताका पाला देखि अहिले सम्म र ब्रह्माण्डमा खलबल नपरे सम्म यो चलीई रहने छ । यस्तो हुँदा हुँदै पनि यि दुई प्रकृतिका बीच टकरावट् किन भैरहन्छ ? बुझि नसक्नु छ !
नारीका प्रतिको हिंसा असह्य जस्तै पुरूषका प्रतिको हिंसा सहनीय बनेर समाजमा मौलाएर गयो । सँस्कार र शिक्षायुक्त परिवारमा बढी दमित भएर पुरूष हिंसा अड्किएको छ । नारीका प्रतिको हिंसामा समाज र राज्य वादी भैदिन्छ । तर तिनै नारीको अर्धाङ्ग पुरूषका प्रति समाज र राज्य प्रतिवादी बन्छ । पुरूष स्वभावले आफ्नै अर्धाङ्गिनी प्रति बहादुरी देखाउन खोज्नु नारी हिंसा भैहाल्छ तर चूपो लागेर बस्न बाध्य पुरूषका प्रति हिंसा कहिं कतै देखिंदैन । आफ्नी श्रीमतीका गतिविधि टुलुटुलु चिहाएर बस्नु नारी सम्मान बन्छ । गतिविधिहरूलाई सुप्रबन्ध गर्ने प्रयास गर्नु नारीको अपमान हुनजान्छ ।
आज हाम्रो समाजमा दबिएर थुप्रो लाएका पुरूष हिंसा कि जोईटिङ्ग्रे बनेका छन् कि वैवाहिक जीवन नै ठूलो पश्चाताप बनेका छन् । पितृसत्ता र मातृसत्तामा फरक छ । पितृसत्तात्मक समाजमा पुरूषको बोलवाला हुन्छ । पितृसत्ताले मातृशक्तिलाई उठ्न दिन्न भनेर नै यसो भनिएको होला । तर मातृशक्ति हावी हुने ठाउँमा पितृसत्तात्मक समाज किन भनिरहनु पर्यो । विवाह पश्चात नारीहरू हर प्रकारले सँयुक्त हुन्छन् । जव विवाहको उत्तराखण्डको आगमन हुन्छ नारीहरूमा एक प्रकारको दम्भले बास गर्छ । यो लगभग सबै खालका समाजमा देखिन्छ ।
विशेषतः समृद्ध पारिवारिक समाजमा यसले गुम्सिएर पक्कि बास जमाएको छ । जसरी पुरूषमाथी नारीहरू भनेका खेलौना हुन् भन्छन् भनिन्छ,उसैगरी यस्ता नारीहरूका लागि पुरूषहरू पनि खेलौना बनेको सत्य हो । आँफु भन्दा कमजोर र कमसल पुरूषसँग वैवाहिक चाहना राख्ने नारीहरूको नियतमा पुरूष खेलौना नै हुन् । रूपरँगमा सम्पन्न नारी कुरूप र अयोग्य पुरूषको खोजीगरी आफ्नो उन्मुक्त जीवन जीउन चाहन्छन् । सन्तान जन्माउने कर्म पुर्याएपछि ऊ पिंजडाबाट फुकेकी खुला आकाशकि पँक्षि बन्छे । यसपछि पारिवारिक र सामाजिक सुप्रबन्धबाट घेरा तोड्छे । अब पुरूषका दूर्दिन शुरू भए । छोरा उसैका । छोरी उसैका । बुहारी उसैका । धन दौलतमा चढाईं उसैको । पुरूष त फगत बीऊ न हो । अरू त सबथोक उही हो ।
नारीमाथी थोरै कुरा खोतल्दा जोगिएर खोतल्नु पर्दछ । त्यही भएर अमूर्त लेखाई भएर लेख झर्दछ । जे जसो भएपनि जीवनको उत्तरार्धमा पुरूषका प्रति महिलाले गर्ने हिंसा भयानक छन् । एक आपसको बेमेल भयानक छन् । बाऊ बिनाका सन्तान बढ्दै छन् ।
नारीमाथी थोरै कुरा खोतल्दा जोगिएर खोतल्नु पर्दछ । त्यही भएर अमूर्त लेखाई भएर लेख झर्दछ । जे जसो भएपनि जीवनको उत्तरार्धमा पुरूषका प्रति महिलाले गर्ने हिंसा भयानक छन् । एक आपसको बेमेल भयानक छन् । जसका कारण दाम्पत्य जीवन एकपत्य भएका छन् । हाम्रो समाज वरपर बाहिर नआउने तर भित्र भित्र थाहा भएका यस्ता धेरै जीवनहरू बाँचीरहेका छन् । जसले गर्दा हाम्रा परम्परागत साँस्कृति मूल्य मान्यतामा आँच पुग्न थालेको छ ।
नव आधुनिकवादले महिला र पुरूष दुवै बराबरीमा पिडा सहन गर्ने अवस्थामा पुग्न थालेका छन् । एकापसमा पारपाचुके पनि नगर्ने र जीवनलाई मृत्यपर्यन्त निरसिलो बनाई रहनेहरू प्रति कसले रस भरिदेला ? यसको खोज र अनुसन्धान गर्नु जरूरी छ । यसतो मानवीय बिग्रहलाई समेल्ने कसैको त दायित्व हुन आउँछ होला !
Previous Article…त्यसपछि दसैंबाट दसैं हरायो
Next Article दसैंले सबैलाई जोडेको छ -संस्कृतिविद् जोशी