मुक्ति गौतम
तप्प तप्प
खसोस् शीत बार्दलीबाट
र म सुनी रहौं
त्यहि धुन बार बार
ब्यूँझँदै निदाउँदै
मेरो तन्द्रा !
सङ्गीत
या गीत
सुसाई
या मन्द चिरबिर
उछिट्टिएर आउँछ केही
मेरो कानसम्म
खसिरहँदा थोपा बार्दलीबाट
उघारेर झ्यालका स-साना छिद्रहरु !
हावा
मन्द चल्छ
मिसिन्छ शीत खसिरहेको आवाजमा
शान्त ,
ठूला झोक्काहरूको त्रास
बिथोल्छ एउटा शान्ति
र
अनुभुत हुन्छ
डरको कम्पन !
भोर
झ्यालबाट छिर्नु अघि नै
शुरु हुन्छ यो धुन
र चली रहन्छ,
शीत, भोर, हावा
र
चिरबिर चराको
खेलीरहन्छन् एक आपसमा
मेरो तन्द्रामा
र
बार्दलीबाट बजी रहन्छ एक शूरमा
शीतको गीत !
मे ०८, २०१८, टिमिन्स क्यानडा
Previous Articleनेपाल कम्युनिस्ट पार्टीकाे राज्य संयन्त्रमा दरिलो पकड
Next Article क्युबाको विमान दुर्घटनामा सयभन्दा बढीको मृत्यु