बागलुङ, २ जेठ– ढोरपाटन दैनिक पत्रिकाका बजार व्यवस्थापक रुद्र गौतमलाई एक कार्यक्रमका बिच बिदाई गरिएको छ । बैदेशिक रोजगारीका लागि कोरिया जान लागेकोले गौतमलाई बिदाई गरिएको सम्पादक हरिनारायण गौतमले बताए । ८ बर्ष सम्म कार्यरत रहेका गौतमले बजारको क्षेत्रमा राम्रो विशेषज्ञता हासिल गरेका छन् ।
बिदाईको अवसरमा अभिर खादाले सम्मान गर्दै मायाको चिनो प्रदान गरेपछि सम्पादक गौतमले रुद्रले गरेको मेहेनतबाट ढोरपाटनले थप उचाई पाउन सफल भएको बताए । संचार माध्यम मार्फत व्यक्तित्व बिकास गरेर उनले पहिचान बनाएको समेत गौतमको भनाई थियो । कार्यक्रममा ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरा सहितका टिमले पनि उनको बिदाई गरेका थिए । रोजगारीमा बिदेश गएपनि स्वदेश र पत्रिकाको माया सम्झने उनले प्रतिवद्धता जनाए । ईपिएस प्रणाली मार्फत कोरियामा काम गर्न जानेहरुले कम्तिमा ५ बर्षको करार अनुसार काम गर्ने चलन छ ।