बागलुङ, २ जेठ– पत्रकारिता क्षेत्रमा लागेकाहरुलाई व्यवसायिक रुपमा बाूच्न सक्ने वातावरणको सिर्जना गर्नुपर्ने सरोकारवालाले बताएका छन् । धौलागिरी एफएमले संचालन गरेको एक हप्ते रेडियो उद्घोषण, पत्रकारिता तथा प्राविधिक तालिमको समापनका अवसरमा बोल्ने वक्ताले लेखेर बाूच्ने वातावरण बनाउन राज्यको लगानी समेत बढ्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सांसद ईन्द्रलाल सापकोटाले बैदेशिक रोजगारीका लागि लामबद्ध भएका युवाको कारण शिक्षक अभाव भएको बताए ।
साथै उनले बौद्धिक क्षेत्रमा लाग्ने युवाको खडेरी परेको भन्दै उनले मुलुकको बेथीती बारे संचारमाध्यमले खवरदारी गर्नुपर्नेमा जोड दिए । एफएमका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, पत्रकार नविन शिषिरको संचालन र स्टेशन म्यानेजर दिल शिरिषको स्वागतमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका सचिव राम थापा अविरल, प्रदेश सदस्य संगम घर्तीमगर, सल्लाहकार कोपिला कंडेल तथा तालिमका सहभागि सुवर्ण सापकोटाले बोलेका थिए ।
उक्त अवसरमा तालिमका सहभागिलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । एफएमले दक्ष संचारकर्मी उत्पादन तथा व्यवसायिक पत्रकार बनाउनका लागि तालिम संचालन गरेको थियो ।
Previous Articleधौलागिरी अञ्चल अस्पतालमा सरसफाई
Next Article मोदीको भ्रमण र राजनीतिक प्रभाव