बागलुङ,१ जेठ – विद्यालयबाट घर फर्किदै गरेकी एक छात्रालाई जवरस्ती सिन्दुर हाल्ने केटा र उनका सहयोगीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । गल्कोट नगरपालिका-११ रिघाकाकी १५ वर्षिय दुर्गा नेपालीलाई जवरजस्ती सिन्दुर हाल्ने सोही स्थानका २० वर्षिय सुमन बस्याल र उनका सहयोगी (दिदीहरु) ३० वर्षिय भूमिका सहवाद र २२ वर्षिय विनिता नेपाली केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
जनजागृती मावि कक्षा १० मा अध्ययनरत नेपाली वैशाख २३ गते विद्यालयबाट घर फर्कने क्रममा बस्यालले उनका दिदीको सहयोगमा जवरजस्ती सिन्दुर हाली श्रीमती बनाउने प्रयत्न गरेका थिए । जवरजस्ती विवाह अस्वीकार गदै नेपाली परिवारले प्रहरीलाई खवर गरे पछि घटनामा संलग्न तीन जनालाई वैशाख २४ गते पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने तयारी भएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेहरुलाई २५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ । जवरजस्ती सिंदुर हाल्न खोज्नेहरुलाई कानुन अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इच्छा बिपरित सिंदुर हाल्न खोज्नु सामाजिक अपराध हो ।
विद्यालयबाट घर फर्किदै गरेकी छात्रालाई जवरस्ती सिन्दुर हाल्ने केटा र उनका सहयोगी पक्राउ
Previous Articleमध्य पहाडीले परिवर्तन हुँदैं बुर्तिबाङ बजार
Next Article सुतेका छन कि सोचेका छन गोकर्ण बिष्ट ?