दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको हुवावेको नोभा थ्री ई स्मार्ट फोन नेपाली बजारमा भित्रिएको छ। हुवावेले आफ्नो सबैभन्दा सफल उत्पादन नोभा सिरिजको पछिल्लो उत्पादन नोभा थ्री ई नेपाली बजारमा भित्र्याएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सफल नोभा थ्री ई को व्यग्रताका साथ प्रतीक्षा गरिएको थियो। अगाडि र पछाडि दुबै भाग मोटो र नफुट्ने सिसाले बनेको र स्क्रिनको चारैतिर पात्लो बेजेलले घेरिएको नोभा थ्री ई हेरिरहुँ लाग्ने खालको रहेको कम्पनीले दाबी गरेको छ।
नेपाली बजारमा अहिले दुई रङका नोभा थ्री ई मात्रै उपलब्ध छन्। गाढा नीलो र निखर कालो फोन बजारमा रहेको कमपनीले बताएको हो। तर, साकुरा पूmल जस्तै गुलाबी रङमा पनि यो स्मार्ट फोन चाँडै उपलब्ध हुने कम्पनीले बताएको हो।
सेल्फीका लागि नोभा थ्री ई सर्वोत्कृष्ट स्मार्ट फोन हुनसक्छ। १६ मेगा पिक्सेल क्यामेरा–जडित नोभा थ्री ईले भन्दा राम्रो सेल्फी अहिले नेपाली बजारमा उपलब्ध अन्य कुनै फोनले पनि नखिच्ने समेत कम्पनीले दावी गरेको हो। क्यामेरालाई पोट्रेट मोडमा राख्दा नोभा थ्री ईले स्टूडियोमा खिचेकै जस्तै राम्रो सेल्फी निकाल्छ।
Previous Articleदेशको अर्थतन्त्र तस्करको हातमा-गृहमन्त्री थापा
Next Article नेपाली म्याराडोना मणि शाह रहेनन्