बागलुङ, २६ बैशाख– प्रारम्भिक बालविकासको लागि स्थानिय तहमा एकीकृत योजना तर्जुमा गोष्ठी बागलुङमा सम्पन्न भएको छ । गोष्ठीले नगर क्षेत्रका प्रारम्भिक बाल्य अवस्थाका बालबालिकाका लागि गुणस्तरिय कार्यक्रम संचालन गर्ने उदेश्यले प्रारम्भिक बालविकासको लागि स्थानिय तहमा एकीकृत योजानाको प्रारम्भिक मस्यौदा तयार पारेको छ । मस्यौदामा शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिई आगामी कार्यक्रम संचालन गर्ने उल्ल्ेख गरिएको छ ।
साथै मस्यौदालाई पुर्ण रुप दिन र कार्यान्वयन प्रक्रियामा अगाढी बढाउन बागलुङ नगरपालिकाका सामाजिक समितिका संयोजक तथा बानपा–८ का वडा अध्यक्ष गणेश थापाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाईएको छ । बागलुङ नगरपालिका कार्यालय र सेतो गुराँस बालविकास सेवा बागलुङको आयोजनामा भएको दुई दिने एकीकृत योजना तर्जुमा गोष्ठीमा बागलुङ नगरपालिका जनप्रतिनिधी तथा विषयगत कार्यलयका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो ।
परिवेश सुहाउँदो एकीकृत कार्यक्रम पहिचान र छनोट गर्ने, स्थानिय तहमा प्रारम्भिक बालविकास एकीकृत योजना तयार गर्ने र प्रारम्भिक बालविकास कार्यक्रमको गुणस्तर अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । सेतो गुराँस बालविकास सेवा बागलुङका अध्यक्ष महेशचन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा बागलुङ नगरपालिका उपमेयर सुरेन्द्र खड्काले अहिले फितलो नीतिका कारण कार्यक्रम प्रभावकारी बन्न नसकेकोले परिणाम आउने कार्यक्रम संचालन गर्नुपर्ने बताए । टुक्रे योजनाको कारण करोडौ बजेट सक्दा पनि परिणाम नदेखिने भएकोले एकीकृत विकासको अवधारण अपनाउनु पर्न बताए ।
कार्यक्रममा राष्ट्रिय सेतोगुराँस सेवाका सदस्य तथा प्रशिक्षक मधु राजभण्डारी, बागलुङ नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, शिक्षा विकास तथा समन्वय ईकाइ बागलुङका शाखा अधिकृत सरिता शर्माले बोलेका थिए । समापन कार्यक्रमको संचालन सेतो गुराँस बालविकास सेवा बागलुङका निर्देशक बिना कार्कीले गरेकी थिइन् ।
Previous Articleशैक्षिक सुधार गर्ने पुर्वविद्यार्थीको योजना
Next Article २६ वैशाख २०७५, ढोरपाटन दैनिक