बागलुङ, २६ बैशाख – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको मंगलबार बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ । सदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । बै
ठकमा बजेट अधिवेशनबारे सरकारमा सहभागी दलबीच समान धारणा बनाएर सोहीअनुरुप सरकारको नीति तथा कार्यक्रम ल्याइनुपर्नेबारे छलफल भएको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । वाम गठबन्धनले जनतासमक्ष प्रस्तुत घोषणापत्रलाई कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम तयार पारिनुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।
संघीयताको मूल्यमान्यतालाई सम्मान गर्दै अगाडि बढ्नुपर्ने र उक्त विषय पार्टी संयोजन समितिमा पनि छलफल गरिनुपर्नेमा संसदीय दलले जोड दिएको छ । बैठकले विकासनिर्माणका कार्यलाई सातै प्रदेशमा सघन रुपमा अघि बढाउन प्रदेशमा संयोजन समिति बनाउने निर्णय गरेको छ ।
विधेयक संशोधन र परिमार्जनलगायत कानूनी विषयमा रायसुझाव लिन दलको कार्यालयको नेतृत्वमा कानून विभाग गठन गर्नेसमेत बैठकले निर्णय गरेको छ । छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भएका निर्णय र छलफलमा उठेका विषयलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका थिए ।
Previous Articleअब हरेक नेपाली विधुत शेयरधनी ! (पूर्णपाठसहित)
Next Article १० दिनभित्र राष्ट्रिय लिगको मिति घोषणा