नेपालमा दशैं, तिहार र चैत्राष्टमी जस्ता चार्डपर्वमा पशुबलीको चर्चा अलिक बढिनै हुने गरेको छ । यो समयमा यहाँका हिन्दु धर्म मान्नेहरुले आफ्नो मनोकांक्षा पुरा हुने विश्वासका साथ बिभिन्न शक्तिपिठमा पशुबली दिने प्रचलन छ । चार्डपर्वका बेला मठमन्दिर तथा शक्तिपिठहरुमा दिईने बलिका अलवा हिन्दु संस्कार मान्ने कतिपयले अन्य समयमा समेत पशुबलि दिने गरेका छन् । हिन्दु धर्म मान्ने कतिपयले आफ्ना कुलको पुजा गर्दादेखी, झाँक्री, नाग लगायतका आ–आफ्नै परम्परा अनुसारका देवी देवताको पुजाआजामा समेत पशुको बलि दिने प्रचलन रहेको छ । त्यो मात्रै हैन कुनै ठुलो लगानीको कामको शुभारम्भ गर्दादेखी घरको जग बसाल्दा समेत पशु बलि दिने प्रचलन कतिपय समुदायमा रहेको छ । चार्डपर्वका बेला मठ तथा मन्दिर र शक्तिपिठहरुमा दिईने बलिको बिषयमा पशु अधिकारकर्मीले चर्को आवाजमा बिरोध गर्ने गरेको भएपनि बिषेश समय र देवीदेवताका नाममा दिईने बलिको भने कोही कसैले पनि बिरोध गरेको पाईंदैन ।
बागलुङमा प्रायः गरेर बसन्त ऋतुमा यहाँका कयौं समुदायले आफ्नो कुलपुजा गर्ने चलन छ । कसैले तिन बर्षमा एकपटक, कसैले पाँच बर्षमा एक पटक त कसैले बर्षैपिच्छे आफ्नो कुलको पुजा गर्ने गरेका छन् । कुलको पुजा गर्दा पशुबली दिने र बलि दिईएको पशुको मासु आफन्त तथा साथीभाईलाई बोलाएर भोजभतेर गर्ने परम्परा आजसम्म आईसक्दा समेत जस्ताको जस्तै । हिजोका कयौं कु–संस्कार र कु–संकृतिका कुराहरुमा सुधार आएको भएपनि निर्दोष पशुलाई आफ्ना देवीदेवता तथा शक्तिपिठहरु खुसी हुने बहनामा बलि चडाउने प्रचलनमा सुधार आउन सकेको छैन् । बलि प्रथाका कारण एकातर्फ पशुजन्य जीवको माग र आपुर्तीको सन्तुलनमा समस्या पैदा हुने गरेको छ भने अर्कोतर्फ बलीको प्रचलनका कारण न्युन आय भएका तथा बलि दिन नसक्नेहरुलाई आत्मग्लानीको वातावरण सिर्जना गरेको छ । आफ्ना देवी देवता तथा भगवान खुशी बनाउने बहानमा निर्दोष पशुको हत्या गर्ने र बलि चडाएको पशुलाई प्रसादको रुपमा ग्रहण गर्ने प्रथा एकातर्फ गलत छभने अर्कोतर्फ बलिकै कारण नैरास्यताको भुमरीमा परेको परिवारको रामकहानीले अर्को सामाजिक असर पारेको छ ।
पशुको उपयोग नगर्ने भन्ने हैन । धर्म र भगवान तथा देवीदेवताका नाममा मठमन्दिर तथा शक्तिपिठ र देवताको पुजा हुने ठाउँहरुलाई बधशाला बनाउने परिपाठीको अन्त्य हुनु जरुरी छ । मासुको प्रयोगका लागि आर्थिक क्षमता भए वा आफ्नो गक्षले धान्न सक्ने जति मासुको प्रयोगमा कसैले रोकछेक गरेको छैन् । मासुको प्रयोगकै लागि बहाना बनाएर बलि चडाउने प्रथाको अन्तय हुनु जरुरी छ । कुनैपनि धर्म ग्रन्थले भगवानलाई अथवा देवी देवतालाई खुसी पार्नको लागि बलीको कल्पना गरेको छैन् । अव्यवहारिक रुपमा उदांगो समाजको परिचय दिने गरी भैरहेको बलिलाई नियन्त्रण गर्दै विवेकशिल समाजको निर्माणमा जुटौं । पशुबलिको सट्टा अन्य पुजाआजाका उपायहरुको अबलम्वन गर्दै रक्ताम्मे हुने मठमन्दिर र देवीदेवताका थानहरुले दुर्गन्धित हुनबाट जोगाऔं ।
Previous Articleप्रदेश ४ को विनियोजन विधेयक पारित
Next Article भरोसाको लठ्ठीनै अस्पतालको बेडमा