म्याग्दी, २४ बैशाख– जिल्लाका स्थानीय तहअन्तर्गत सञ्चालनमा रहेका विभिन्न स्वास्थ्यचौकीहरुमा बहिरङ्ग उपचार केन्द्र (ओटिसी) स्थापना भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाको समन्वयमा बेनी नगरपालिका र गाउँपालिकाका स्वास्थ्यचौकीहरुमा बहिरङ्ग उपचार केन्द्र सञ्चालन गरिएको हो । जिल्लाको ग्रामीण क्षेत्रका शीघ्र कुपोषित बालबालिकाहरुको उपचार गर्ने उद्देश्यसहित ओटिसी सेन्टरको स्थापना गरिएको स्थानीय तहले जनाएका छन् ।
ओटिसी सेन्टरमा बालबालिकाको लागि उपचारात्मक रेडिमेट खाना, बच्चाको उचाई नाप्ने हाइडबोर्ड र तौल नाप्न चाहिने वेटमेशिनलगायत सामाग्रीहरु रहेका छन् । म्याग्दीको बेनी नगरपालिका–९ घतानस्थित घतान स्वास्थ्यचौकी, मालिका गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ, रुम स्वास्थ्यचौकी र मंगलाको अर्मन स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना गरिएको सुआहारा कार्यक्रमका जिल्ला संयोजक कामना प्रधानले जानकारी दिइन् । उनका अनुसार सुआहारामार्फत शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको छ भने बाल स्वास्थ्य महाशाखाको समन्वयमा ओटिसी सेन्टरको स्थापना गरिएको छ ।
Previous Articleके दलहरू शासक निर्माण गर्ने मेसिन हुन् ?
Next Article सुन काण्डले ल्याएको तरंग