बागलुङ, २१ असोज – जिल्ला स्थित प्रदेश नं. ४ को प्रसिद्ध धार्मिक तथा ऐतिहासिक कालिका भगवती मन्दिरमा नवदुर्गाको छैठौं दिन जम्मा ९७ हजार ६ सय ५५ रुपैयाँ संकलन भएको छ ।
बिहिबार संकलित रकमको बिवरण अनुसार, भेटी ४३ हजार ५ सय ५५ रुपैयाँ, परेवा बिक्री ८६ जोडीबाट ३४ हजार ४ सय रुपैयाँ, बोका मुढ २० बिक्रीबाट १३ हजार २ सय ६० रुपैयाँ, कुखुरा मुढ ३६ बिक्रीबाट १ हजार ६ सय २० रुपैयाँ, रांगो मुढ ७२ बिक्रीबाट १ हजार ३ सय ७० रुपैयाँ, चामल १७ पाथी बिक्रीबाट ३ हजार ४ सय तथा आर्थिक सहयोग १ जनाबाट ५० रुपैयाँ संकलन भएको कालिका भगवती गुठी व्यवस्थपन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिएका छन् ।
Previous Articleभाषा पास गरेका १९ हजार अझै काेरिया जान बाँकी
Next Article २०७३ आश्विन २१ शुक्रबारको राशिफल