काठमाडौं, २१ वैशाख – सरकारले नयाँ बसपार्कमा रहेका समितिका सम्पूर्ण काउन्टर खाली गराउन निर्देशन दिएको छ। बसपार्क व्यवस्थापनको जिम्मेवारी लिएको लोत्से बहुउद्देश्यीयलाई काउन्टरहरु खाली गराउन निर्देशन दिइएको हो। समितिमा आबद्ध व्यवसायीले काउन्टर बन्द गरेर आन्दोलनमा उत्रिएपछि यातायात मन्त्रालयले ति काउन्टर कम्पनीहरुलाई दिने तयारी गरेको छ।
सरकारी योजनाअनुरुप अब नयाँ बसपार्कमा कम्पनीका काउन्टरहरु मात्रै संचालन हुने छन् भने समितिका काउन्टरहरु रहने छैनन्। लोत्सेले काउन्टर खाली गराउन बसपार्कमा सुरक्षाको प्रत्याभूति माग गरेपछि सरकारले प्रहरीलाई निर्देशन दिइसकेको जनाएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले काउन्टरहरु कम्पनीलाई दिएर व्यवस्थित गरिने जानकारी दिए।