काठमाडौं, २१ वैशाख -प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ । रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा उनलाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले पक्राउ परेको हो ।सिटौलालाई महानगरीय प्रहरी काठमाडौं प्रहरी परिसर, टेकुमा राखिएको परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले बताए ।उनी सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचारप्रसार समितिका संयोजक हुन् । उनी माओवादी निकट व्यवसायी हुन् ।
सिण्डिकेट माग गर्दै यातायात बन्द गराएकाे अाराेपमा उनी पक्राउ परेका हुन् । यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
Previous Articleधौलागिरीका यातायात ब्यवसायी पनि पक्राउ
Next Article नयाँ बसपार्कमा अब कम्पनीका काउन्टरहरु मात्रै !